साल्ट ट्रेडिङ कर्पोरेशनको नाफा करिब ८ करोड

काठमाडौं । सरकारी स्वामित्वको नेपाल साल्ट ट्रेडिङ कर्पोरेशनले गत आर्थिक वर्षको अन्त्यसम्ममा ७ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ५८.०५ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा यसले ४ करोड ९८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको बिक्री आम्दानी पनि ७ अर्ब १७ करोड रुपैयाँबाट बढेर ८ अर्ब ७८ करोड रुपैयाँ कायम भएको छ । यसले गर्दा नाफा बढ्न टेवा पुगेको छ । असारसम्म आइपुग्दा कर्पोरेशनको ब्याज खर्च भने बढेको छ । यसको ब्याज खर्च २७ करोड ९२ लाख रुपैयाँबाट बढेर ४४ करोड ५० लाख रुपैयाँ भएको छ ।

हाल यसको प्रशासनिक खर्च १६ करोड ३१ लाख रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पुँजी २७ करोड ८८ लाख रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा १ अर्ब ३६ करोड ५६ लाख रुपैयाँ छ । असार मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी २८ रुपैयाँ २६ पैसा रहेको छ । यसको प्रतिसेयर नेटवर्थ ४१९ रुपैयाँ १६ पैसा छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स