ललिता निवास प्रकरण : थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको प्रकरणमा पक्राउ परेका २० जनालाई थप सात दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति प्राप्त भएको छ ।

जिल्ला अदालत काठमाडौंले आज निजहरूलाई थप एक साता हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लाई अनुमति दिएको हो ।

सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा सिआइबीले सरकारी कागजात कीर्ते र संगठित अपराधमा निजहरूमाथि अनुसन्धान गरिरहेको छ ।

सो प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहसहितका २० जना व्यक्ति सिआइबीको हिरासतमा रहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स