घट्ने क्रममा सुनचाँदीको मूल्य, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । बुधबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले घटेको छ ।

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार १ सय रुपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले घटेर १ लाख १२ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १४ सय रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर १३ सय ९० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स