लक्ष्मी लघुवित्तको नाफा ऋणात्मक

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको असार मसान्तसम्म खुद नाफा ८ करोड ३४ लाख रुपैयाँ ऋणात्मक रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको यस्तो नाफा १५ करोड ९० लाख रुपैयाँ धनात्मक रहेको थियो ।

खुद ब्याज आम्दानी घटेसँगै निष्क्रिय कर्जा उल्लेख्य बढेपछि लघुवित्तको खुद नाफा ऋणात्मक हुन पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३१.३२ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २९.०१ प्रतिशत र कुल सञ्चालन आम्दानी ३१.०२ प्रतिशत घटेको छ ।

समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा ३.२७ प्रतिशतबाट बढेर ८.३६ प्रतिशत पुगेको छ । यससँगै लघुवित्तले १३ करोड ३ लाख रुपैयाँ कर्जा तथा अन्य नोक्सानीको जोखिम व्यवस्था गरेको छ । जसका कारण लघुवित्तको सञ्चालन मुनाफा ८ करोड ३४ लाख रुपैयाँ ऋणात्मक हुन पुगेको छ ।

असार मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ८१ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ १ पैसा रहेको छ।

४४ करोड १६ लाख रुपैयाँ चुक्ता पूँजी भएको यस लघुवित्तको जगेडा कोषमा ३४ करोड ८९ लाख रुपैयाँ सञ्चित छ । लघुवित्तको जगेडा कोष अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.७९ प्रतिशत घटेको हो । समीक्षा अवधिमा लघुवित्तको निक्षेप तथा सापटी २३.७५ प्रतिशत घटेको छ भने कर्जा २५.१५ प्रतिशत घटेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स