अमेरिकी डलरको भाउ बढ्दा अन्यको भाउ कस्तो ?

काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ । बुधबार अमेरिकी डलरको भाउ बढेको छ अन्य केहि विदेशी मुद्राको भाउ घटेको छ । मंगलबार १ डलरको खरिद दर १३२.१० रुपैयाँ र बिक्री दर १३२.७० रुपैयाँ थियो। आज यसको खरिद दर १३२.२३ रुपैयाँ र बिक्री दर १३२.८३ रुपैयाँ कायम भएको छ ।

बुधबार युरोपियन युरोको भाउ भने घटेको छ । आज १ युरोको खरिद दर १४४.८४ रुपैयाँ र बिक्री दर १४५५० रुपैयाँ कायम छ । मंगलबार १ युरोको खरिद दर १४४.९५ रुपैयाँ र बिक्री दर १४५.६१ रुपैयाँ थियो ।

बेलायती पाउण्ड स्टर्लिङको भाउ बढेको छ । आज १ पाउण्ड स्टर्लिङको खरिददर १६८.२१ र बिक्रीदर १६८.९७ रुपैयाँ कायम छ। मंगलबार १ पाउण्ड स्टर्लिङको खरिददर १६८.१६ र बिक्रीदर १६८.९३ रुपैयाँ थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स