काठमाडौं । सरकारले बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक संसदमा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिमार्फत बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन ऐन संशोधन गर्ने उल्लेख गरेको छ ।
हिजो बसेको मन्त्रिपरिषदको बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक संसदमा पेस गर्न स्वीकृति दिने सरकारको निर्णय गरेको हो ।
यस्तै मन्त्रिपरिषद बैठकले ५ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने पनि निर्णय गरेको छ । सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति २०८० पनि स्वीकृत गर्ने निर्णय गरेको छ ।