टोखालाई नाङसुद्वारा कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री प्रदान

काठमाडौं । टोखा नगरपालिकालाई चीनको नाङ्सु नगरपालिकाले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

टोखा नगरप्रमुख प्रकाश अधिकारीलाई नाङ्सु नगरपालिकाका प्रतिनिधिले केरुङमा हालै आयोजित कार्यक्रममा अक्सिजन कन्सन्टे«टर, अक्सिजन सिलिण्डर, थर्ममिटर, सेनिटाइजर, एन्टिजन परीक्षण सामग्रीलगायत १३ प्रकारका स्वास्थ्य सामग्री हस्तान्तरण गरे । गत वर्ष पनि नाङ्सुले टोखालाई करीब दुई करोड बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको थियो । ती दुई नगरका बीचमा भगिनी सम्बन्ध छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स