दुई कम्पनीमा लाग्यो सर्किट, कुनले कति कमाए र गुमाए ?

काठमाडौं । मंगलबार, नेप्से परिसूचक २८.४० अंकले घटेर २०१९.८५ अंक विन्दुमा आइपुगेको छ ।

आज ४८ लाख ६० हजारको कित्ता सेयर १ अर्ब ७३ करोड ७० लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १९८ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, नेपाल रिपब्लिक मिडियाको सेयरमूल्यमा १०% र स्वरोजगार लघुवित्तमा ९.९७ प्रतिशतको सकारात्मक सर्किट लागेको छ । पिपल्स पावरको ३.९४%, एनआईबिएल प्रगति फण्डको ३.७८%, सपोर्ट माइक्रोफाइनान्सको २.७३ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, ग्लोबल आईएमई बैंक डिभेन्चरको ९%, गुर्खाज फाइनान्सको ८.२४%, विजय लघुवित्तको ६.९९%, सबैको लघुवित्तको ६.७७%, एनआईबिएल ग्रोथ फण्डको ६.६७ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स