सेबोनले गर्यो सम्पन्न क्यापिटललाई कारबाही, १० लाख जरिवाना

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सम्पन्न क्यापिटल एन्ड एडभाइजरी नेपाललाई कारबाही गरेको छ।

बार्डको साउन ११ गतेको निर्णय अनुसार क्यापिटललाई सम्पत्ति शुद्धीकरणको व्यवस्था मिचेकोमा कारबाही गरेको हो । साथै बोर्डले क्यापिटललाई १० लाख रुपैयाँ आर्थिक जारिवाना समेत गरेको छ ।

सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन, २०७६को दफा १८ (१)को व्यवस्थाको परिपालना नगरेकोले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ७फको उपदफा (१)को खण्ड (ख)बमोजिम सम्पन्न क्यापिटललाई १० लाख रुपैयाँ जरिवाना गरिएको सेबोनको विज्ञेप्तिमा उल्लेख गरिएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स