काठमाडौं । आजदेखि बससेवा सञ्चालन भएको भएको ९ वर्ष पुरा भएर १० औं वर्षमा प्रवशे गरेको छ । २०७१ साल साउन २१ बाट सुरु भएको अनलाइट बससेवा डटकमले सो उपलक्ष्यमा १० दिनसम्म दैनिक १० जनाले निःशुल्क टिकट पाउने छन् । बससेवा डटकमले सञ्चालनमा ल्याएको अनलाइन सेवाबाट टिकट बुकिङ गर्ने १० जना यात्रुलाई गोलाप्रथाद्वारा छनोट गरी क्यासब्याक गर्ने बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पि.आर खनालले बताए ।
हाल बस सेवाबाट ३ हजार टिकट बुकिङ हुँदै आएको छ । कम्पनी क्षमता ३ हजार ५ सय रहेको सीईओ खनालले पत्रकार सम्मेलनमा जानकारी दिए । ‘बससेवा डटकमले यातायात क्षेत्रलाई क्षेत्रलाई प्रविधिसँग जोडेको छ,’ उनले भने ‘यो कम्पनीले यात्रुलाई अनलाइनमार्फत टिकट प्रदान गर्दै आएको छ ।
आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा बससेवाका प्रमुख मार्केटिङ म्यानेजर कमल प्रसाद गौतमले ‘प्रविधिको प्रयोगले परम्परागत शैलीमा परिवर्तन गर्न सकिने बताए । ‘आगामी ५ वर्षमा दैनिक २० हजार टिकट अनलाइनबााट बिक्री गर्ने योजना बनाएका छौं,’ उनले भने ‘अहिले हामीले कलंकीमा यात्रुहरूको सुविधाको लागि ‘यात्रु प्रतिक्षालय’ स्थापना गरेका छौं । कोटेश्वरमा पनि छिट्टै सुरु हुँदैछ, पोखरा र बुटवलमा पनि स्थापना गर्ने तयारीमा छौं ।’
कष्ट धेरै भएकोले प्रतिक्षालय स्थापना गर्न गाह्रौ भएको उनले बताए । कलंकीमा स्थापना भएको प्रतिक्षालयमा महिनाको साढे ३ लाख खर्च हुने गरेको पनि उनले बताए । हाल दैनिक लामो र मध्यम दूरीको गरी दैनिक १ लाख ६० हजार यात्रु रहेको र त्यसको एक प्रतिशतमात्रै टिकट बससेवाले सञ्चालन गरेको अनलाइन सेवाबाट काटिने गरेको छ । देशभरका ४ सयभन्दा बढी रुपमा बससेवाले सेवा दिँदै आएको छ ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७८.६२ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १९.०१ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ६३.२८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४७.५२ प्रतिशत बढेको छ ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा १६ करोड १६ लाख रुपैयाँ मात्र रहेको छ । यस अनुसार बैंकको प्रतिसेयर ६९ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ । अर्थात बैंकको लाभांश क्षमता ०.६९ प्रतिशत रहेको छ ।