वाणिज्य बैंकहरुले गरे ७० अर्बभन्दा बढी नाफा, नबिल बैंक अग्रस्थानमा रहँदा अन्यले कति कमाए ?

काठमाडौं । गत वर्ष २०७९/८० को सार्वजनिक वित्तीय विवरण अनुसार वाणिज्य बैंकहरुले ७० अर्बभन्दा बढी नाफा गरेका छन् । सो आव अनुसार २० वटा वाणिज्य बैंकहरुले ७० अर्ब १७ करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेका हुन् ।

जुन अघिल्लो वर्ष २०७८/७९ को तुलनामा बैंकको नाफा १४ अर्ब ५० करोड ३४ लाख रुपैयाँ अर्थात २६.०५ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकहरुले ५५ अर्ब ६७ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।

गत वर्ष सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक रहेको छ । बैंकको नाफा ७६.८६ प्रतिशतले बढेर ७ अर्ब ५२ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।

त्यस्तै, हिमालयन बैंकको नाफा ३७.९६ प्रतिशतले बढेर ३ अर्ब २६ करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकको ४६.२६ प्रतिशतले बढेर ७ अर्ब २५ करोड रुपैयाँ, एभरेष्ट बैंकको ३६.८५ प्रतिशत बढेर ३ अर्ब ३९ करोड रुपैयाँ, सानिमा बैंकको २५.१३ प्रतिशतले बढेर २ अर्ब ६१ करोड रुपैयाँ र नेपाल बैंकको १६.७ प्रतिशतले बढेर ३ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा गरेका छन् ।

राष्ट्रिय वाणिज्य बैंकको १४.५४ प्रतिशतले बढेर ४ अर्ब ९१ करोड रुपैयाँ, एनआइसी एशिया बैंकको १०.३५ प्रतिशतले बढेर ४ अर्ब ६५ करोड रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १३.१४ प्रतिशतले बढेर ४ अर्ब २९ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकको ३६.८२ प्रतिशतले बढेर २ अर्ब ४२ करोड रुपैयाँ नाफा गरेका छन् ।

गत वर्ष कुमारी बैंक र प्राइम बैंकको नाफा सामान्य घटेको हो । गत वर्ष कुमारी बैंकको २४.१३ प्रतिशतले घटेर १ अर्ब ९५ करोड रुपैयाँ र प्राइम बैंकको १.०५ प्रतिशतले घटेर २ अर्ब २६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

कृषि विकास बैंकको ३९.२४ प्रतिशतले बढेर ३ अर्ब ९ करोड रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ५६.२७ प्रतिशतले बढेर ३ अर्ब ५२ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकको ४९.४५ प्रतिशतले बढेर २ अर्ब २६ करोड रुपैयाँ, प्रभु बैंकको ४८.५४ प्रतिशतले बढेर २ अर्ब ८२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

एनएमबि बैंकको ३.६३ प्रतिशतले बढेर ३ अर्ब ४१ करोड रुपैयाँ, सिटिजन्स बैंकको १०.४१ प्रतिशतले बढेर २ अर्ब २१ करोड रुपैयाँ, सिद्धार्थ बैंकको ९.९१ प्रतिशतले बढेर ३ अर्ब १९ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकको ९.७५ प्रतिशतले बढेर १ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स