एनएमबि बैंकको नाफा सामान्य वृद्धि, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । एनएमबि बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ३ अर्ब ४१ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.६३ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब २९ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत आर्थिक वर्षमा बैंकको खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेपछि खुद नाफामा केही दबाब पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३०.६० प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ५.०४ प्रतिशत बढेको छ ।

समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी २१.०१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ६.११ प्रतिशत बढेको छ । सो अवधिसम्ममा बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब १६ करोड ६१ लाख रुपैयाँ रहेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५० करोड १८ लाख रुपैयाँ रहेको छ । यस अनुसार बैंकको लाभांश क्षमता ८.१८ प्रतिशत रहेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६५ पैसा बढेर १८ रुपैयाँ ५७ पैसा पुगेको छ । असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १२.१७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ७९ पैसा रहेको छ ।

१८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा १० अर्ब २४ करोड ७३ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकको निक्षेप १३.७९ प्रतिशत बढेको छ भने कर्जा लगानी ८.२२ प्रतिशत बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स