कुमारी बैंकको नाफा घट्यो, अन्य सूचकांक कस्ता ?

काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले १ अर्ब ९५ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.१४ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ५७ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकले समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७७.११ प्रतिशत बढेर ११ अर्ब १ करोड १३ लाख रुपैयाँ पुगेको छ । बैंकको कुल सञ्चालन आम्दानी ६४.०६ प्रतिशत बढेर १३ अर्ब २ करोड ८२ लाख रुपैयाँ पुगेको छ ।

बैंकको निष्क्रिय कर्जा उल्लेख्य बढेसँगै इम्पेरमेन्ट चार्जमा ५ अर्ब ७३ करोड ५८ लाख रुपैयाँ छुट्याउँदा बैंकको सञ्चालन मुनाफा र खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा १.११ प्रतिशतबाट बढेर ४.७७ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा ८४ करोड ८३ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर सामान्य आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १० रुपैयाँ ७ पैसा घटेर ७ रुपैयाँ ४६ पैसामा झरेको छ । असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २२.१२ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ ४७ पैसा रहेको छ ।

२६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा १० अर्ब ६१ करोड ३३ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकको निक्षेप ७८.७९ प्रतिशत बढेको छ भने कर्जा लगानी ७७.३५ प्रतिशत बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स