प्रभु बैंकको नाफामा छलाङ, अन्य परिसूचक कस्ता ?

काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब ८२ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८.५४ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ९० करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७८.६२ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १९.०१ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ६३.२८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४७.५२ प्रतिशत बढेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा १६ करोड १६ लाख रुपैयाँ मात्र रहेको छ । यस अनुसार बैंकको प्रतिसेयर ६९ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ । अर्थात बैंकको लाभांश क्षमता ०.६९ प्रतिशत रहेको छ ।

नाफा बढेपनि बैंकको प्रतिसेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ९७ पैसा घटेर १२ रुपैयाँमा सीमित भएको छ । असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १३.३३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ २५ पैसा रहेको छ ।

२३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा १० अर्ब १८ करोड २५ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकको निक्षेप ६१.८२ प्रतिशत बढेको छ भने कर्जा लगानी ६३.८५ प्रतिशत बढेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स