दर्जनभन्दा बढी रोग ठिक पार्न, स्वाद र सुगन्धको लागि पुदिना उपयुक्त

काठमाडौं । सुगन्धित झार पुदिना मानव शरिरका लागि अनेक रोगको उपचारका लागि उपयुक्त मानिन्छ । यसको स्वाद मीठो र सुगन्ध पनि उत्तिकै तिख्खर हुन्छ । पुदिनाको यहि गुणको कारण कतिले अचारमा यसलाई सामेल गर्छन् भने जुस, चिया, सलाद, सुप आदिको स्वाद र गुणलाई पनि पुदिनाले दुई गुणा बढाइदिन्छ । खानामा स्वदिष्ट पुदिना एक राम्रो माउथफ्रेशनर पनि हो ।

पुदिनामा भिटामिन ए, बि, सी, आइरन, क्याल्शियम र पोटासियमको मात्रा अधिक हुन्छ । यसलाई हामी अचार वा सलाद बाहेक चियाको रुपमा समेत सेवन गर्न सक्छौं ।

पुदिनाको आर्युवेदिक महत्व पनि उत्तिकै छ । यसको सेवनले हाम्रो शरीरका धेरैजसो समस्याबाट मुक्ति मिल्छ । यसमा फाइबर हुन्छ, जसले तपाईको कोलोस्ट्रोलको लेभल कम गर्न सहयोग गर्छ । यसमा रहेको म्यागनेशियमले हड्डीमा तागत दिन्छ ।

पुदिना सेवन गर्दा हुने फाइदा

१. मुखको दुर्गन्ध हटाउन वा मुखभित्रको घाउको उपचार गर्न पुदिना उपयोगी हुन्छ । खानामा स्वदिष्ट पुदिना एक राम्रो माउथफ्रेशनर पनि हो ।

२. पुदिना पाचन क्रियाको लागि सर्वोत्तम विकल्प हो ।

३. गर्मीमा लू लागेपछि पुदिना सेवन गराउनुपर्छ ।

४. बाडुली लागेको बेला पुदिना सेवन गर्नुपर्छ, ठीक हुन्छ ।

५. पुदिनाले केहि प्रकारको छाला रोग पनि निको पार्छ । छालाको समस्या भएको स्थानमा पुदिनाको लेप लगाउनुपर्छ ।

६.तपाई यात्रा गर्दै हुनुहुन्छ र वान्ता हुने समस्या छ भने, पुदिना सेवन गर्नुहोस् । यसले वान्ता रोक्छ ।

७. पुदीनाको ताजा पत्तालाई पिसेर मुर्छित व्यक्तिलाई सुँघाउनु पर्छ, मुर्छित अवस्थाबाट ब्युँझाउछ ।

८.पेटको दुखाइ, अरुचीमा पुदिनाको रसमा जीरा, हिंग, मरिच र केहि नुन हालेर पकाउने ।

९. प्रशवको समयमा पुदिनाको रस पिउन दिनुपर्छ, प्रशव पीडा कम गर्छ ।

१०.पुदिनालाई पानीमा उसिनेर त्यसमा थोरै चिनी मिसाउनुपर्छ । यसलाई समय–समयमा पिउनुपर्छ, निर्बलता कम हुन्छ ।

११. धनिया, सोप र जीरा बराबर मिसाएर त्यसलाई भिजाएर पिस्नुपर्छ । त्यसमा एक सय ग्राम पानी मिसाएर छान्ने । यसमा पुदिनाको रस मिसाएर पिउनुपर्छ ।

१२. पुदिना पिसेर त्यसमा कागतीको रस मिसाउने । उक्त मिश्रणको लेप अनुहारमा लगाएर धुनुपर्छ । केहि दिन यो क्रम जारी राखेपछि अनुहारमा बेग्लै चमक आउँछ ।

१३. हैजामा पुदिना, प्याजको रस, कागतीको रस बराबर मात्रामा मिसाएर पिउनुपर्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स