कृषि विकासमा प्रोफेसन सीईओ कमाल, नाफामा छलाङ, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । कृषि विकास बैंकले ३ अर्ब ९ करोड ९३ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा ३९.२५ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा बैंकले २ अर्ब २२ करोड ५७ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी घटेपनि खुद ट्रेडिङ आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो । यता, खुद ब्याज आम्दानी भने ३.३० प्रतिशत ले घटेर ८ अर्ब ८ करोड ४ लाख रुपैयाँमा सीमित भएको छ ।

खुद ब्याज आम्दानी घटेपनि सञ्चालन नाफा बढेको र इम्यरमेन्ट चार्ज घटेकाले खुद नाफा बढेको हो । सञ्चालन नाफा २६.०७ प्रतिशत ले बढेर ४ अर्ब ५४ करोड ४२ लाख १४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ९९ करोड २७ लाख ६४ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज गत आर्थिक वर्षको असार मसान्तसम्ममा ९१ करोड ९१ लाख २० हजार रुपैयाँमा आएको छ ।
असार मसान्तसम्म आइपुग्दा वितरणयोग्य नाफा २ अर्ब ७१ लाख ५८ हजार रुपैयाँ छ । प्रतिसेयर लाभांश वितरण क्षमता १९.८९ प्रतिशत छ । प्रतिसेयर आम्दानी २० रुपैयाँ ६२ पैसा र प्रतिसेयर नेटवर्थ २११ रुपैयाँ ६० पैसा छ ।

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स