एनआइसी एशिया क्यापिटलद्वारा सञ्चालित ‘एनआईसी एशिया डाइनामिक डेप्ट फन्ड’को लाभांश घोषणा

काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित खुलामुखी योजना ‘एनआईसी एशिया डाइनामिक डेप्ट फन्ड’को लाभांश घोषणा भएको छ। साउन १९ गते बसेको क्यापिटलको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को ‘एनआईसी एशिया डाइनामिक डेप्ट फण्ड’ को लाभांश घोषणा गरेको हो ।

क्यापिटलले उक्त आर्थिक वर्षका लागि एनआईसी एशिया डाइनामिक डेप्ट फडका इकाइधनीहरुलाई १० प्रतिशत (करसहित) का दरले प्रतिफल वितरण गर्ने निर्णय गरेको हो। उक्त प्रतिफल साउन १९ गतेसम्म कायम भएका इकाइधनीलाई वितरण गर्ने गरी बुक क्लोज पनि गरिएको क्यापिटलले जनाएको छ।

यसैगरी एनआईसी एशिया डाइनामिक डेप्ट फन्डबाट वितरण गरिने प्रतिफललाई पुनः लगानी गर्न मिल्ने गरी डेभिडेन्ड रि–इन्भेस्टमेन्ट प्लान सञ्चालन गरिरहेको क्यापिटलले जनाएको छ। यो योजनामा सहभागी हुनका लागि एनआईसी एशिया क्यापिटलको वेबसाइट www.nicasiacapital.com वा सोझै https://bit.ly/3Ef0Kvw मा क्लिक गरी रितपूर्वक विवरण भर्नुपर्नेछ। रितपुर्वक आवेदन प्राप्त इकाइधनीको प्रतिफल रकमबराबरको इकाई सम्बन्धित इकाइधनीको हितग्राही खातामा पठाइदिने व्यवस्था मिलाइने क्यापिटलले जनाएको छ। यो योजनामा सहभागी हुन मिति यही साउन ३२ गतेसम्म आवेदन दिन सकिनेछ।

तोकिएको समयभित्र डेभिडेन्ड रि–इन्भेस्टमेन्ट प्लान मा सहभागी नहुने इकाइधनीको हकमा उक्त प्रतिफलबापतको रकम आउँदो भदौ १ गतेपश्चात् सम्बन्धित इकाइधनीहरुको हितग्राही खातामा उल्लेख गरिएको बैंक खातामा सोझै जम्मा हुने गरी वितरण गरिने पनि क्यापिटलले जनाएको छ। डेभिडेन्ड रि–इन्भेस्टमेन्ट प्लानमा सहभागी हुनका लागि आवेदन दिएका इकाइधनीको हकमा प्राप्त गर्ने प्रतिफल रकमबाट योजनामा सहभागी हुन मिल्ने अन्तिम दिन अर्थात साउन ३२ गते कायम प्रतिइकाइ खुद सम्पत्ति मूल्यले गणना गर्दा प्राप्त हुने इकाइ सम्बन्धित इकाइधनीको हितग्राही खातामा जम्मा गरिने एनआईसी एसिया क्यापिटलले जनाएको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स