सन लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट हुने मिति तय

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट हुने मिति तय भएको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चोन्ट बैंकिङले आईपीओ साउन २२ गते (सोमबार) बाँडफाँट गर्ने तयारी गरेको हो ।

कम्पनीले गत साउन १ गतेदेखि साउन १५ गतेसम्म पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि प्रिमियम मूल्यमा आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता साधारण सेयर निष्काशन गर्ने अनुमति पाएको थियो।

सोमध्ये पहिलो चरणमा ९ लाख ६० हजार कित्ता सेयर प्रतिकित्ता १०० अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो।

कम्पनीको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चोन्ट बैंकिङ रहेको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स