नेप्से ३ अंकले बढ्दा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा सामान्य अंकको वुद्वि भएको छ ।

बिहीबार, नेप्से परिसूचक ३ अंकले बढेर २०८९.८४ अंक विन्दुमा आइपुगेको छ ।

आज ५१ लाख ३० हजारको कित्ता सेयर १ अर्ब ७८ करोड १९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ७६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३० वटा कम्पनीको घटेको छ भने १२ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, शिवम् सिमेन्ट्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ९ करोड २३ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, सीइडीबी हाइड्रोपावरको ५ करोड ५४ लाख, आइसीएफसी फाइनान्सको ५ करोड २ लाख, प्रोगेशिभ फाइनान्सको ५ करोड, नेपाल रि इन्स्योरेन्सको ४ करोड ९४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स