बैंकिङ क्षेत्रलाई प्राथमिकतामा राखेर विश्लेषणात्मक समाचार आओस्ः अध्यक्ष केसी

काठमाडौं । नेपाल बैकर्स संघका अध्यक्ष सुनिल के.सीले हाम्रोअर्थ डटकमले बैकिङ क्षेत्रलाई प्राथमिकतामा राखेर समाचारहरू सम्प्रेषण गर्दै आएकामा प्रशंसा गर्नु भएको छ । बैंकर्सका अध्यक्ष केसीले हाम्रोअर्थ डटकमको तेस्रो वार्षिकोत्सवका अवसरमा प्रदान गर्नु भएको शुभकामन तथा बधाईमा यस मिडियाले आगामी दिनमा अझै सशक्त भई बैंक तथा वित्तीय क्षेत्रले सम्पादन गरेका कार्यलाई आम जनसमुदायसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भएको छ ।

बैंकर्स संघका अध्यक्ष केसीले सञ्चार माध्यम आमनागरिक, निजी क्षेत्र (बैंक तथा वित्तीय संस्था) र सरकार जोड्ने सेतु भएकोले वित्तीय सचेतनादेखि बैंकिङ क्षेत्रका वारेमा तथ्यमूलक, विश्लेषणात्मक तथा विवेचनात्मक समाचार आउनु समग्र अर्थतन्त्र विकास र विस्तारको लागि राम्रो पक्ष मानिएको उल्लेख गर्नु भएको छ ।

मर्यादित, जिम्मेवार र निर्भिक पत्रकारिताको माध्यमबाट हाम्रोअर्थ डटकलले समाजलाई अझ सुशुचित गर्नेमा कलम चलाउन सकोस् भनि यस संस्था र संस्थासँग जोडिएका सम्पूर्णलाई बधाई तथा शुभकामना दिनु भएको छ ।

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल के.सी.को शुभकामना

२०७८ श्रावण १८ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हाम्रोअर्थ डटकम अनलाइन सञ्चार माध्यमले तेश्रो वार्षिकोत्सव मनाउन लागेको खबर पाउँदा अत्यन्तै खुशी छौं । वार्षिकोत्सवका अवसरमा हाम्रोअर्थ डटकम परिवारमा नेपाल बैंकर्स संघको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौंं ।

अर्थतन्त्रलाई प्रमुख विधा बनाएर हाम्रोअर्थ डटकमले अर्थतन्त्र भित्रको महत्वपूर्ण पाटो बैंक तथा वित्तीय क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर समाचारहरु प्रकाशन गर्दै आएको र बैंक तथा वित्तीय क्षेत्रसंग सम्बन्धित विषयहरुमा प्रकाश पार्न यस सञ्चार माध्यमले गरेको कामको उच्च प्रशंसा गर्दछौं ।

वित्तीय साक्षरताका विषयमा समेत हाम्रोअर्थ डटकमले गर्दै आईरहेको कार्यहरु स्वागतयोग्य छन् । साथै, बैंकिङ्ग क्षेत्रका वारेमा तथ्यमूलक, विश्लेषणात्मक तथा विवेचनात्मक हिसावले समाचारहरु सम्प्रेषण गर्दै यस सञ्चार माध्यमले छोटो समयमा नै आफूलाई स्थापित गर्न सफल भएको छ ।

अन्त्यमा, मर्यादित, जिम्मेवार र निर्भीक पत्रकारिताको माध्यमबाट हाम्रोअर्थ डटकमले मनाउन लागेको वार्षिकोत्सवको अवसरमा पुनः यस संस्था र संस्थामा जोडिएका सम्पूर्णमा बधाई तथा आगामी दिनमा उज्वल भविष्य सहितको सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2023/08/banker-assocation-shu.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स