निजी क्षेत्रको मुद्दालाई प्राथमिकतामा राखेर नीतिगत सुधारका पक्षमा कलम चलोस्ः अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले हाम्रोअर्थ डटकमले अर्थतन्त्रसहित निजी क्षेत्रको मुद्दालाई सरकार, नियामक निकाय, सरोकारवाला एवम् सर्वसाधारण समक्ष पुर्याएर नीतिगत सुधार गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनु भएको छ ।

हाम्रोअर्थ डटकम तेस्रो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा शूभकामना दिँदै अध्यक्ष अग्रवालले निजी क्षेत्रको घट्दो मनोबल उकास्न, रोजगारी बढाउन, निर्यात प्रोत्साहन गर्दै व्यापार घाटा न्यूनीकरणका विषयमा आर्थिक बहस र वित्तीय चेतनाको अभिवृद्धि गर्नेमा अझ सफल हुँदै जाने विश्वास व्यक्त गर्नु भएको छ ।

दिगो तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि स्वदेशी उद्योगहरूको प्रवद्र्धन गर्न सरकार, निजी क्षेत्रबीच समन्वयको खाँचो भएको औल्याउँदै आर्थिक रुपान्तरणको लागि नेपाल उद्योग परिसंघका नीतिगत सुझाव एवम् गतिविधिहरूलाई पाठक सामु पुर्याउन विश्वास लिएको उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ ।

उहाँले वास्तविकता बुझेर प्रकाशन गरिएको समाचारको गहनाले मात्रै समाजलाई सहि दिशानिर्देश गर्न सक्ने र आर्थिक विकासबाट मात्रै सामाजिक क्षेत्रमा परिवर्तनको अनुभूती हुने अध्यक्ष अग्रवालले औल्याउनु भएको छ ।

अध्यक्ष अग्रवालले शुभकामना
‘हाम्रोअर्थ डटकम’ सञ्चालनको तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा परिसूचक मिडिया प्रा.लि.लाई बधाई दिन चाहन्छु । साथै, सञ्चालनमा आएको छोटो अवधिमा नै अर्थतन्त्रसहित निजी क्षेत्रका मुद्दाहरूलाई सरकार, निमायक निकाय, सरोकारवाल एवम् आम सर्वसाधारण समक्ष पुर्याउन एवम् नीतिगत सुधारका लागि समाचार तथा विचार सम्प्रेषणका लागि धन्यवाद व्यक्त गर्दछु ।

चुनौतीपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रमा सुधार ल्याउन, निजी क्षेत्रको घट्दो मनोबल उकास्न, रोजगारी बढाउन, निर्यात प्रोत्साहन गर्दै बढ्दो व्यापार घाटा न्यूनीकरण गर्नुपर्ने आवश्यकता छ । दिगो एवम् आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि स्वदेश उद्योगहरूको प्रवद्र्धन गर्न सरकार, निजी षेत्र, नियामक निकाय, सरोकारवालाहरूबीचको समन्वयलाई थप प्रभावकारी बनाउनुपर्ने छ ।

मुलुकको हितलाई केन्द्रमा राखेर सरकार, नियामक निकाय एवम् सरोकारवालाहरूलाई नेपाल उद्योग परिसंघको सुझाव तथा गतिविधिहरूलाई समाचारको माध्यमबाट पाठकसामु पुर्याउन यो सञ्चार माध्यमले खेलेको भूमिकाका लागि धन्यवाद व्यक्त गर्दछु । साथै आगामी दिनमा पनि मुलुकको आर्थिक रुपान्तरणका लागि परिसंघका नीतिगत सुझाव एवम् गतिविधिहरूलाई पाठकसामु पुर्याउने विश्वास सहित आगामी दिनमा यो सञ्चार माध्यमले महत्वपूर्ण उपलब्धि हासिल गर्ने शुभेक्षासहित शुभकामना व्यक्त गर्दछु ।
साउन १७, २०८०

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2023/08/CNI-President-Shuvakamana_Hamroartha.com_.pdf”]

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स