बीमा क्षेत्रको समग्र विस्तारमा महत्वपूर्ण भूमिका खेल्न सकोसः अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल बीमा प्राकिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले अर्थतन्त्रको महत्वपूर्ण अंकको रुपमा रहेको बीमा क्षेत्रको समग्र विकास तथा विस्तारका लागि हाम्रोअर्थ डटकमले अझ महत्वपूर्ण भूमिका खेल्ने विश्वास गर्नु भएको छ । हाम्रोअर्थ डटकम तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले आर्थिक उत्थान, दिगो विकास तथा समृद्धिको यात्राका लागि वित्तीय तथा बीमा सचेतना अभिवृद्धिमा अझ पैरवी गर्दै जाने विश्वास व्यक्त गर्नु भएको छ ।

नेपालको बीमा क्षेत्रमा हाम्रोअर्थ डटकमले विगत दुई वर्षदेखि विश्लेषणात्मक, रचनात्मक तथा आलोचनात्मक रुपले योगदान गर्दै आएको छ । कुनै पनि संस्था र सञ्चार माध्यमको लागि दुई वर्ष खास धेरै समय भने पक्कै होइन, तर, पनि हाम्रोअर्थ डटकमले छोटो अवधिमा बीमा क्षेत्रको नीतिगत विश्लेषणका साथै बीमा सचेतना, विचार, मन्थन गरेर कम्पनीहरूले जारी गर्ने पोलिसीमा समेत बहस गर्दै आएको छ ।

बीमा क्षेत्रको हरेक पाटोलाई आत्मसाथ गर्दै यस क्षेत्रमा भएका विकृति तथा विसंगतीलाई समेत उदाङ्गो पार्दै नीतिगत पैरवी गर्दै आएको अध्यक्ष सिलवाले अनभूति गर्नु भएको छ । आर्थिक सुशासन, भ्रष्टाचार रहित समाज निर्माणमा समेत यस सञ्चार माध्यमले कलम चलाउँदै आएको उहाँले औल्याउनु भएको छ ।

बीमा प्राधिकरणका अध्यक्ष सिलवालको शुभकामना सन्देश
आर्थिक समृद्धि, सुशासन र भ्रष्टाचाररहित समाज निर्माण राष्ट्रको चौथो अंगको रुपमा स्थापित सञ्चार माध्यमको अहम् भूमिका रहन्छ । व्यवसायिक, रचनात्मक तथा गुणात्मक समाचार सम्प्रेषण मार्फत संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुशासन कायम गर्नमा आम सञ्चार माध्यमको महत्वपूर्ण भूमिका रहँदै आएको सन्दर्भमा ‘हाम्रोअर्थ डटकम अनलाइनले तेस्रो वार्षिकोत्सव मनाउन लागेको शुभ अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

आर्थिक क्षेत्रको उत्थान, दिगो विकास तथा समृद्धिको लागि यात्रामा हाम्रोअर्थ डटकमले उठान गर्दै आएका विषयहरू स्मरण गर्दै निश्पक्ष, निश्वार्थ, तथ्यपरक र जिम्मेवार पत्रकारिताको दिशामा हाम्रोअर्थ डटकम परिवार थप मजबुत बन्दै जाने अपेक्षा सहित उक्त सञ्चार माध्यममार्फत आफ्ना सूचना तथा समाचार प्रसारण गर्नुहुने सबैमा हार्दिक बधाई दिन चाहान्छु ।

आर्थिक पत्रकारिताको माध्यमबाट देश र समावमा भएका विविध पाटाहरूलाई सूचना तथा समाचारको रुपमा प्रस्तुत गर्दै आएको यो अनलाइनले समग्र अर्थतन्त्रको महत्वपूर्ण अंगको रुपमा रहेको नेपालको बीमा क्षेत्र, बीमा व्यवसायको महत्व र आवश्यकता तथा नेपाल बीमा प्राधिकरणबाट एक गरेका कार्यहरूलाई विश्लेषणात्मक तथा विवेचनात्मक ढंगबाट प्रस्तुती गर्दै आएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझ थप ऊर्जाको साथ नेपाली बीमा बजारलाई उजागर गर्ने विश्वास लिएको छु ।

अन्त्यमा, मर्यादित, जिम्मेवार र निर्भिक पत्रकारिताको माध्यमबाट हाम्रोअर्थ डटकमले मनाउन लागेको तेस्रो वार्षिकोत्सवको अवसरमा पुनः शुभकामना व्यक्त गर्दै आगामी दिनमा थप सफलताको लागि समेत कामना गर्दछु ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स