ओपोद्वारा रायोट गेम्ससंग २०२१ लिग अफ लेजेन्ड्स वल्र्ड च्याम्पियनशिपका लागि पार्टनरशिपको घोषणा

काठमाडौं । विश्वस्तरिय प्राविधिक ब्राण्ड ओपोले लिग अफ लेजेन्ड्स वल्र्ड च्याम्पियनशिप २०२१ (एस११)को प्रायोजनका लागि रायोट गेम्ससँग पार्टनरशिपको घोषणा गरेको छ । यो पार्टनरशिप ओपोले सन् २०१९देखि रायोट गेम्ससंग हस्ताक्षर गरेको बहुबर्षिय सम्झौताकै अंश हो । पार्टनरशिपले ओपोलाई विश्वभरका ईस्पोर्ट्स खेलाडीहरु माझ आफ्नो ब्राण्डप्रतिको जागरुकता बढाउन सघाउनेछ ।

ओपोद्वारा २०२१ एलओएल वल्र्ड च्याम्पियनशिपको प्रायोजन

यस बर्ष ओपोले फाइनल्समा अद्वितिय प्रदर्शनी मार्फत ब्याटग्राउण्डमा कब्जा जमाउन सफल खेलाडीहरुलाई मोस्ट भ्यालुएवल प्लेयर्स अवार्डबाट सम्मानित गर्नेछ । साथै, ओपोले आफ्ना दर्शक तथा श्रोतामाझ गेमिंग हाईलाइट्स तथा ब्यवसायिक खेलाडी तथा टिमहरुका अन्तरवार्तापनि प्रस्तुत गर्ने जानकारी दिइएको छ । यसले दर्शक–श्रोतालाई फाइनल गेम तिरको प्रगति र ब्यवसायिक खेलाडीका बारेमा अझ जान्ने मौका प्रदान गर्ने ओपोको विश्वास छ ।

यस बर्षको फाइनल्सको थिम ‘मेक÷ब्रेक’ राखिएको छ । यसले असम्भवलाई तोडेर नयाँ सम्भावना निर्माणका लागि आवश्यक साहसको प्रतिनीधित्व गर्छ । निर्माणका लागि यो खोज सँगैओपो फाइन्ड एक्स सिरिज, फाइन्ड एक्सथ्री प्रोले संसारलाई १०–बिट कलरमा खिचेर कैद गर्न मात्र नभई बिलियन रंग सहितको स्क्रिन डिस्प्लेपनि उपलब्ध गराउँछ ।

साथै, फाइन्ड एक्सथ्री प्रोमा कलरओएस ११.२को अंशका रुपमा ईन हाउस कलर भिजन इनह्यान्समेन्टपनि उपलब्ध गरिएको छ । यसले कलर भिजन डिफिसियन्सीबाट प्रभावित मानिसहरुका लागि सम्भावित पोटेन्सियल स्क्रिन क्यालिबरेशन र अप्टिमल्लि कलर करेक्टेड दृश्य प्रस्तुत गर्छ । फाइन्ड एक्सथ्री प्रोमा उपलब्ध गरिएको कलर क्यापेबिलिटी र सुलभ डिजाइन अभूतपूर्व छ । ओपोले स्मार्टफोनमा रंगको सिमाना नाघेर नयाँ सम्भावनाहरुको निर्माण गरेको छ ।

उपभोक्ता केन्द्रित ब्राण्डका रुपमा मोबाइल गेमर्सका आवश्यकता ओपोले स्पष्टरुपमा बुझेको छ । यसले गर्दा कम्पनीले कलरओएस मातहतको गेमिंग मोड मार्फत रुकावत रहित गेमिंग अनुभव प्रदान गर्छ । गेमिंग मोडको प्रयोग गरे पश्चात गेमिंग गरिरहेका बखत खेलाडीलाई नोटिफिकेशन्स, म्यासेजेज् वा कलले डिस्टर्ब गर्दैन । यसले गर्दा गेमर्सले रुकावतरहित इमर्सिभ गेमिंग अनुभवको मज्जा लिन सक्छन् । विश्वब्यापी ईस्पोर्ट्स समुदायसंग घनिष्टरुपमा संलग्न हुने ओपोको आशा छ । साथै, फाइनल्समा प्रदर्शित ब्यवसायिक खेलाडीहरुको भावनाले दर्शकलाई पनि आफ्ना सपना तिर अग्रसर हुन प्रेरित गर्ने ओपोको विश्वास छ ।

मोस्ट हाई स्टेक्स प्रतिस्पर्धाका रुपमा परिचित, द लिग अफ लेजेन्ड्स वल्र्ड च्याम्पियनशिप २०२१ (एस११)मा ११ देश तथा क्षेत्रका उत्कृष्ट समूहहरुको सहभागिता रहनेछ । अक्टोबर ५मा सुरु हुने यो स्पर्धा नोवेम्बर ६मा एंजेभ्यागो ८, १०४ रेकेभिक, आईसल्याण्डमा आयोजना हुने फाइनल्स सँगै समापन हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स