भ्रष्टाचार, अनियमितता तथा कानुन विरुद्धका गतिविधिमा खबरदारी गरोस्ः सेबोन अध्यक्ष हमाल

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेश हमालले भ्रष्टाचार, अनियमितता तथा कानुन विरुद्धका गतिविधिमा खबरदारी गर्ने कार्यमा हाम्रोअर्थ डटकमले आगामी दिनमा अझै सशक्त भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ । सेबोन अध्यक्ष हमालले हाम्रोअर्थ डटकमको तेस्रो वार्षिकोत्सव अवसरमा प्रदान गर्नु भएको शुभकामना सन्देशमा समग्र अर्थतन्त्रका साथै पुँजीबजारको विकास, विस्तार तथा समृद्धिको पक्षमा हाम्रोअर्थको योगदानलाई स्मरण गर्दै विकृति र वेथितिका विरुद्धमा अझ सशक्त ढंगबाट कलम चल्ने विश्वास व्यक्त गर्नु भएको छ ।

सेबोन अध्यक्ष हमालले सञ्चार माध्यम आम नागरिक र सरकार जोड्ने सेतु भएकोले यो वा त्यो पक्षमा नलागी समाजको ऐना बनेर सत्य तथ्य खबर सम्प्रेषण गर्दै मुलुकको आर्थिक विकास र जनहितमा योगदान गर्ने दुढ विश्वास गर्नु भएको छ ।

सेबोन अध्यक्ष हमालले दिनु भएको शुभकामना सन्देश
परिसूचक मिडिया प्रा.लि द्वारा सञ्चालित हाम्रोअर्थ डटकम (hamroartha.com) आर्थिक अनलाइन प्रत्रिका दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु । आम जनता समक्ष सत्य तथ्य आर्थिक सूचना र समाचार सम्प्रेषण् गर्ने उद्देश्यका साथ हाम्रोअर्थ अनलाइनलाई नियमित सञ्चालन गरी समग्र अर्थतन्त्रको विकासमा यस मिडियाले पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दछु ।

समाजमा विद्यमान समस्याहरूमा मिडियाले यो वा त्यो पक्षमा नलागी समाजको ऐना बनेर सत्य तथ्य खबर सम्प्रेषण गर्दै मुलुकको आर्थिक विकास र जनहितमा योगादन पुर्याउनु पर्दछ । आवाज विहिनहरूको आवाज बनेर समाजका हरेक क्षेत्रको विकासमा मिडियाकोे महत्वपूर्ण र उल्लेखनीय भूमिका निर्वाहको आवश्यता छ । अर्थतन्त्रका विषय तथा सफलताका एजेन्डालाई उठान गर्दै अर्थतन्त्रका मुद्दालाई गाउँ–गाउँसमम पुर्याउन आर्थिक मिडियाको भूमिका अहम हुनेमा दुई मत छैन ।

भ्रष्टाचार, अनियमितता र कानून विरुद्धका गतिविधिमा मिडियाको खबरदारी अति जरुरी हुन्छ भने अर्को तर्फ वास्तविकता नबुझेर वा पूर्वाग्राही भएर प्रकाशन/प्रशारण गरिएका समाचारले समाजमा नकारात्मक सन्देश जानेतर्फ पनि मिडिया सचेत हुनुपर्दछ । तसर्थ, समाजप्रति उत्तरदायित्व लिइ सत्य, तथ्य, निश्पक्ष र विश्वासनीय आर्थिक समाचार पस्किदै आर्थिक बहस र वित्तीय चेतनाका आवाज बुलन्द गर्न हाम्रोअर्थ डटकम विगतमा झै आगामी दिनमा पनि सफल हुँदै जाओस् भन्ने शुभेच्छा सहित तेस्रो वार्षिकोत्सवको सुखद अवसरमा पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2023/08/hamal-suvakamana.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स