पत्रकारिता सधै सुशासनको पक्षमा हुनुपर्छ, समाजका राम्रा र नराम्रा दुबै पक्षलाई उदाङ्गो पार्न सकोस्ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पत्रकारिता सधै सुशासनको पक्षमा हुनुपर्ने बताउनु भएको छ । हाम्रोअर्थ डटकमको तेस्रो वार्षिकोत्सवको उपलक्ष्यमा प्रधानमन्त्री दाहालले शुभकामना दिँदै सधै निश्पक्ष र जिम्मेवार रही उदाहरणीय कार्य गरेकोमा खुशी व्यक्त गर्नु भएको छ ।

प्रधानमन्त्री दाहालले हाम्रोअर्थको तेस्रो वाषिकोत्सवको अवसरमा पठाउनु भएको शुभकामना सन्देशमा पत्रकारिता सधै देश र जनताको पक्षमा हुनुपर्ने उल्लेख गरिएको छ । समाजमा भए गरेका राम्रा र नराम्रा दुबै कामलाई उदाङ्गो पार्दै संस्थागत विकास र र देशमा सुशासनसहितको समृद्धिको पक्षमा हाम्रोअर्थले खेलेको भूमिका स्मरण गर्नु भएको छ । प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार नियन्त्रण, सुशासन र मुलुकको समृद्धिको लागि जनपक्षीय पत्रकारितालाई हाम्रोअर्थ डटकमले अघि बढाउने विश्वास व्यक्त गर्नु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को शुभकामना
परिसूचक मिडिया प्रा.लि.द्वारा सञ्चालित हाम्रोअर्थ डटकम आफ्नो स्थापनाको तेस्रो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा समस्त मिडिया परिवारमा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र देशमा सुशासनसहितको समृद्धिको लागि सञ्चार माध्यमको अहम् भूमिका रहेको हुन्छ । सञ्चार माध्यमहरूमा पछिल्लो समय अनलाइन सञ्चार माध्यमको प्रयोग व्यापक रुपमा बढिरहेको छ । आम सञ्चार माध्यमहरूको व्यवसायिक विकास तथा गुणस्तरीय पाठ्यसामग्रीहरूको प्रचार–प्रसार चौथो अंगको रुपमा रहेको सञ्चारमाध्यमले जनताको दैनिन्य समस्याहरू सरकार सामू पुर्याउन समन्वयकारी भूमिका निर्वाह गर्नुपर्दछ ।

पत्रकारिता सधै देश र जनताको पक्षमा हुनुपर्छ । पत्रकारिता सधै सुशासनको पक्षमा हुनुपर्छ । कसैले बदमासी गर्न लागेको छ भने समाचारकै माध्यमबाट खबरदारी गर्ने र कसैले भए गरेका राम्रा एवम् उदाहरणीय कामहरू छन् भने त्यसलाई बाहिर ल्याउने काम पनि सञ्चारमाध्यम र पत्रकारिताले गर्नुपर्दछ । हाम्रोअर्थ डटकमले आर्थिक पत्रकारिताका षेत्रमा गरिरहेको सकारात्मक कामलाई निरन्तरता दिँदै आगामी दिनमा पनि भ्रष्टचार नियन्त्रण, सुशासन र मुलुकको समृद्धिका लागि जनपक्षीय पत्रकारितालाई अघि बढाउनेछ भन्ने अपेक्षा लिएको छु ।

अन्त्यमा जनपक्षीय पत्रकारिताको माध्यमबाट हाम्रोअर्थ डटकलले स्थापनाको छोटो अवधिमा समग्र आर्थिक षेत्रको अनलाइन सञ्चार माध्यमको रुपमा निश्पक्ष र जिम्मेवार रही उदाहरणीय कार्य गरेको छ । हाम्रो अर्थ डटकमले मनाउन लागेको तेस्राने वार्षिकोत्सवको अवसरमा बधाइ तथा सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2023/08/परिसूचक-मिडिया-1.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स