काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रमा देखिन सक्ने अनियमितता, अनुशासन एवम् दण्डहिनताको विरुद्धमा हाम्रोअर्थले कलम चलाउन सकोस् भनि शुभकामना दिनु भएको छ । हाम्रोअर्थ डटकम तेस्रो वर्षमा प्रवेश गरेको शुभ अवसरमा शुभकामना दिँदै अर्थमन्त्री डा.महतले आर्थिक पत्रकारिताको माध्यमबाट देश, जनता र मुलुकको आर्थिक सुव्यवस्थाका लागि कलम चलाउँदै आएकोमा प्रशंसा गर्नु भएको छ ।
अर्थमन्त्री डा.महतले शुभकामनामा भन्नु भएको छ– ‘स्वतन्त्र पत्रकारिताले सदैव देश, जनता एवम् सुशासनको पक्षपोषण गर्नुपर्छ, अर्थतन्त्रमा देखिन सक्ने अनियमितता, अनुशासनहिनता एवम् दण्डहिनताका विरुद्धमा कलम चलाउनुका साथै सरकार र निजी क्षेत्रले शुरु गरेका समग्र आर्थिक सुधारका क्रियाकलापहरूलाई आम सर्वसाधारण समक्ष संप्रेषण गरी सकारात्म आर्थिक वातावरण सिर्जना गर्नुपर्छ ।’
अर्थमन्त्री डा. महतले आर्थिक सूचनाको विषयमा समाजप्रति उत्तरदायित्व लिदै निष्पक्ष र विश्वासनीय आथिक समाचार मार्फत वित्तीय चेतना अभिवृद्धि गर्न एवम् युवाहरूमा उद्यमशीलता विकास गराउन समेत अझ सफल हुँदै जाने विश्वास व्यक्त गर्नु भएको छ ।
अर्थमन्त्री डा.प्रकाशरण महतको शुभकामना
यस हाम्रोअर्थ डटकम (hamroartha.com) अनलाइन सञ्चार माध्यम आफ्नो स्थापनाको तेस्रो वर्षमा प्रवेश गरेकोमा हार्दिक शुभकामना व्यक्त गर्दछु । यस हाम्रोअर्थ डटकमले आर्थिक पत्रकारिताको माध्यमबाट देश, जनता र मुलुकको आर्थिक सुव्यवस्थाका लागि कमल चलाउँदै आएकोमा म प्रशंसा गर्न चाहान्छु ।
स्वतन्त्र पत्रकारिताले सदैव देश, जनता एवम् सुशासनको पक्षपोषण गर्नु पर्दछ । अर्थतन्त्रमा देखिन सक्ने अनियमितता, अनुशासनहिनता एवम् दण्डहिनताका विरुद्धमा कलम चलाउनुका साथै सरकार र निजी क्षेत्रले शुरु गरेका समग्र आर्थिक सुधारका क्रियाकलापहरूलाई आम सर्वसाधारण समक्ष संप्रेषण गरी सकारात्म आर्थिक वातावरण सिर्जना गर्नु समेत आर्थिक पत्रकारिताको मुख्य कर्तव्य हो । यस दिशामा यो अनलाइन पत्रिकाले आगामी दिनमा पनि अझ परिष्कृत भूमिका निर्वाह गर्नेछ भन्ने विश्वास लिएको छु ।
अन्त्यमाः आर्थिक सूचनाको विषयमा समाजप्रति उत्तरदायित्व लिँदै निष्पक्ष र विश्वासनीय आर्थिक समाचार मार्फत वित्तीय चेतना अभिवृद्धि गर्न, एवम् युवाहरूमा उद्यमशीलता विकास गराउन हाम्रोअर्थ डटकम आगामी दिनमा अझै सफल हुँदै जानेछ भन्ने आशा लिँदै तेस्रो वार्षिकोत्सवका अवसरमा पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।
२०८० साउन १४