काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सञ्चार माध्यमले गर्ने खबरदारीले समाजलाई सहि बाटोमा लैजान हुँदा हाम्रोअर्थ डटकमले अझ अहम् भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भएको छ । हाम्रोअर्थ डटकम तेस्रो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा शूभकामना सन्देश दिँदै गभर्नर अधिकारीले आर्थिक बहस र वित्तीय चेतनाको अभिवृद्धिमा अझ सफल हुँदै जाने विश्वास व्यक्त गर्नु भएको छ ।
सञ्चार माध्यमको संख्यात्मक वृद्धिका साथै गुणात्मक सुधार उत्तिकै आवश्यक भएको सन्देश दिँदै उहाँले वास्तविकता बुझेर प्रकाशन गरिएको समाचारले मात्रै समाजलाई सहि दिशानिर्देश गर्न सक्ने सन्देश दिनु भएको छ । आर्थिक विकासबाट मात्रै सामाजिक क्षेत्रमा परिवर्तनको अनुभूती हुने र जनसाधारणको जीवनस्तर अभिवृद्धि हुनेमा गभर्नर अधिकारीले औल्याउनु भएको छ ।
गभर्नर अधिकारीको शुभकामना
परिसूचक मिडिया प्रा।लि।ले सञ्चालन गरको हाम्रोअर्थ डटकम अनलाइन सञ्चारले दोस्रो वर्ष पुरा गरी तेस्रो वर्षमा प्रवेश गर्न लागेकोमा मलाई खुशी लागेको छ । आर्थिक विकासबाट मात्र सामाजिक क्षेत्रमा परिवर्तनको अनुभूति हुने र जनसाधारणको जीवनस्तर अभिवृद्धि हुने गर्दछ । यसका लागि हाम्रोअर्थ डटकम अनलाइन सञ्चारले पनि आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्ने विश्वास मैले लिएको छु ।
समाजको एउटा महत्वपूर्ण हिस्साको रुपमा रहेको सञ्चार जगतलाई राज्यको चौथो अंगको रुपमा लिइन्छ । समाजका हरेक क्षेत्रको विकास, विस्तार र प्रगतिमा सञ्चार माध्यमले तटस्थ भूमिका निर्वाह गर्न जरुरी हुन्छ । समाज विकासका लागि अर्थ प्रधान सञ्चार माध्यमको सख्यात्मक वृद्धिका साथै गुणात्मक सुधार उत्तिकै महत्वपूर्ण कुरा हो । अर्थतन्त्रका विषय तथा सफलताका एजेण्डालाई उठान गर्दै अर्थतन्त्रका मुद्दालाई सर्वसाधारणसम्म पुर्याउन आर्थिक क्षेत्रका सञ्चार माध्यमको भूमिका अहम् हुनेमा दुईमत छैन । सञ्चार माध्यमले गर्ने खवरदारीले समाजलाई सहित बाटोमा लैजान सक्दछ । वास्तविकता बुझेर प्रकाशन/प्रसारण गरिएका समाचारले मात्र समाजलाई सहि निदानिर्देश गर्न सक्ने हुँदा त्यसतर्फ सञ्चार माध्यम सचेत हुनुपर्दछ ।
तसर्थ, समावप्रति उत्तरदायित्व लिई सत्य, तथ्य, निष्पक्ष र विश्वासनीय आर्थिक समाचार पस्किर्द आर्थिक बहस र वित्तीय चेतनाको अभिवृछि गर्न हाम्रोर्अ डटकम सफल हुँदै जानेछ भन्न अपेक्षासहित तेस्रो वार्षिकोत्सवको सुखद् अवसरमा प्रकाशनको सफलताको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2023/08/nrb.pdf” cache=”off”]