काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमा काठमाडौंमा ३४४, भक्तपुरमा ३५ र ललितपुरमा ६१ संक्रमित थपिएको हो ।
देशभर थप १,०४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १२ जनाको मृत्यु भएको छ ।