भोलि मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ बाँडफाँट हुने

काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडको आईपीओ भोलि बाँडफाँट हुने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारी रहेका नेपालीका लागि जारी गरेको आईपीओ भोलि (साउन १६ गते) बाँडफाँट गरिने भएको हो।

धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केटले आईपीओ बाँडफाँट गर्न लागेको हो ।

कम्पनीले गत असार १९ गतेदेखि यी दुवै समूहलाई आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीको आईपीओमा स्थानीयलाई साउन ९ गतेसम्म र विदेशमा रहेका नेपाली श्रमिकलाई साउन २ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।

कम्पनीले जारी पुँजीको ८० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ८ करोड रुपैयाँबराबरको आईपीओ आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि जारी गरेको थियो। जसअनुसार यस कम्पनीले १०० अंकित दरका कुल ८ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई बिक्री खुलाइएको थियो।

यो आईपीओमा दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नं. ५, ६, ७ र ८ का बासिन्दा तथा बिगु गाउँपालिका वडा नं. ४ र कालिञ्चोक गाउँपालिका वडा नं ३ का बासिन्दाहरुले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।

यसैगरी कम्पनीले सर्वसाधारणका लागि जारी पुँजीको २५ प्रतिशतले हुन आउने २० करोड रुपैयाँबराबरको अर्थात १०० रुपैयाँ अंकित दरका कुल २० लाख कित्ता आईपीओ छुट्याएको थियो। त्यसमध्ये १० प्रतिशतले हुन आउने २ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिएको थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स