काठमाडौं । आईटी र ई–कमर्स कलेजको रूपमा चिनिने सफ्टवेरिकाले आफ्नो कलेज परिसरमा जुलाई २७ देखि जुलाई ३० सम्म ‘स्मार्ट टेक्नोलोजी’ सम्बन्धी एक प्रदर्शनी आयोजना गरेको थियो । राजनीतिज्ञ, सेलिब्रेटी, प्रभावशाली व्यक्तित्व लगायत १० हजारभन्दा बढी सर्वसाधारणको उपस्थितिमा काठमाडौंको डिल्लीबजारमा आयोजित ४ दिने प्रदर्शनीमा सफ्टवेरिका कलेजमा अध्ययनरत विद्यार्थीहरूले तयार पारेका परियोजनाहरू प्रदर्शन गरेका थिए ।
कार्यक्रममा ३०+ नवप्रवर्तनहरू थिए र मुख्य आकर्षण रोबोटको लडाकु ‘रोबो वार’ थियो जहाँ कार्यक्रमको अन्तिम दिन टोली ‘भाइपर स्ट्राइक’ ले रोबो वार जित्यो र ‘काजाडोर’ उपविजेता बनेको थियो । विजेता टोलीले क्रमश ः ७५ हजार रुपैयाँ र उपविजेता टोलीले २५ हजार रुपैयाँ प्राप्त गरेका थिए । कार्यक्रमको उद्घघाटन नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गरेकी थिइन् ।
सफ्टवेरिका कलेजमा अध्ययनरत विद्यार्थीहरूले तयार पारेका परियोजनाहरू प्रर्दशन गर्न प्रत्येक वर्ष प्रदर्शनी आयोजना गरिन्छ । यसपटक ‘आइओटी एक्सपो’ नामले चिनिने सफ्टवेयर प्रदर्शनीलाई ‘टेक एक्सपो’ नाम दिइएको थियो ।