नेप्से ५ अंकले बढ्दा यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । सोमबार, नेप्से परिसूचक ५.८४ अंकले बढेर २१०६.१८ अंक विन्दुमा आइपुगेको छ ।

आज ५५ लाख ३१ हजारको कित्ता सेयर १ अर्ब ८५ करोड ८० लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १११ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९९ वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सनराइज ब्लुचिप फण्डको ७.१०%, बलेफी हाइड्रोपावरको ५.७९%, एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको ३.७१%, लक्ष्मी उन्नती कोषको ३.१७% र ग्लोबल आईएमई ब्यालेन्स फण्डको २.९९ प्रतिशतले सेयरमूल्य बढेको छ ।

त्यस्तै, विन नेपाल लघुवित्तको ४.३१%, ग्लोबल आईएमई बैंक डिभेन्चरको ४.३१%, एशियन हाइड्रोपावरको ३.७४%, मेन्छियाम हाइड्रोपावरको २.९५%, नारायणी डेभलपमेन्ट बैंकको २.८७ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स