काठमाडौं । पशुहरूमा देखिएको लम्पी स्किन रोगको विषयमा सरकारले अन्देखा गरेपछि भेटेरिनरी सेवामा रहेका प्रयोगशाला तथा अस्पतालका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । उनीहरूले सरकारको ध्यान आकर्षण गर्न कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका मन्त्री र सचिवलाई घेराउन गर्न लागेका हुन् ।
लम्पी रोगबाट ५२ अर्बको पशुधन क्षति भइसक्दा पनि सरकारले वास्ता नगेपछि हामी मन्त्री र सचिव घेराउमा आएको पशु चिकित्सा केन्द्रिय प्रयोगशाला प्रमुख डा. शर्मिला काफ्ले जानकारी दिइन् । ‘रोगबाट ५० हजारको हाराहारीमा पशु मरिसक्दा पनि सरकार अन्देखा भएर कानमा तेल हालेर बसेको छ,’ उनले भनिन् ‘हामी सरकारको ध्यान आकर्षण गराउन आएका हौं ।