काठमाडौं । लक्ष्मी क्यापिटलले संचालन गरेको २ वटा सामुहिक लगानी कोष योजनाको लाभांश घोषणा भएको छ। लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत संचालित लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फण्डले लाभांश घोषणा गरेका हुन् ।
लक्ष्मी क्यापिटलको आइतबार (साउन १४ गते) बसेको सञ्चालक समितिको बैठकले यी दुई योजनाको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
जस अनुसार क्यापिटलले लक्ष्मी इक्विटी फण्डका इकाईधनीहरुलाई आर्थिक वर्ष २०७९/८० को लागि कर सहित ८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
त्यस्तै लक्ष्मी उन्नति कोषका इकाईधनीहरुलाई आर्थिक वर्ष २०७९/८० को लागि कर सहित ९.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।