११ हजार वैदेशिक रोजगारीमा रहेकाले पाए रिलायबल नेपाल लाइफ इन्स्यारेन्स आईपीओ

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको छ । ५० कित्तासम्मको लागि आवेदन दिने १० हजार ९ सय ९९ जनाले माग गरे बमोजिम सेयर पाएका छन् ।

आवेदन दिने १६ हजार १ सय ४५ जनाले ५० कित्ताका दरले सेयर पाएका छन् । ५० कित्तादेखि ५४ सय कित्तासम्म आवेदन दिने आवेदकलाई आईपीओ परेको हो ।

आईपीओमा कुल २७ हजार १ सय ४८ जनाको आवेदन परेको थियो । जस मध्य २७ हजार १ सय ४४ जनाको मात्र आवेदन सदर भएको थियो ।

गोलाप्रथा गरेर ८ हजार ४ सय २९ जनाले थप १० कित्ताको दरले सेयर पाएका छन् । यस हिसाबमा लगानीकर्ताले अधिकतम ६० कित्ता सेयर पाएको सिभिल क्यापिटलले जनाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स