काठमाडौं । आज लगभग विदेशी मुद्राको विनिमय दर बढेको छ । नेपाल राष्ट्र बैंकले आज बिहीबार एक अमेरिकी डलरको खरिद दर १३०.९० रुपैयाँ र बिक्री दर १३१.५० रुपैयाँ कायम भएको छ । बुधबार एक अमेरिकी डलरको खरिद दर १३०.७० रुपैयाँ र बिक्री दर १३१.३० रुपैयाँ थियो ।
युरोपियन युरोको भाउ पनि बढेको छ। बिहीबार १ युरोको खरिददर १४५.०६ र बिक्रीदर १४५.७३ रुपैयाँ छ। बुधबार १ युरोको खरिददर १४४.३७ र बिक्रीदर १४५.०३ रुपैयाँ थियो।
आज बेलायती पाउण्ड स्टर्लिङको खरिददर १६९.१२ र बिक्रीदर १६९.८९ रुपैयाँ कायम भएको छ। बुधबार यसको खरिददर १६७.७९ र बिक्रीदर १६८.५६ रुपैयाँ कायम थयो।
अन्य मुद्राको भाउ बढ्दा क्यानेडियन डलरको दरमा सामान्य गिरावट आएको छ । बिहीवार क्यानेडियन डलरको खरिददर ९९.०९ र बिक्रीदर ९९.५५ रुपैयाँ कायम भएको छ। बुधबार यसको खरिददर ९९.१९ र बिक्रीदर ९९.६४ रुपैयाँ कायम थयो।
आज १० जापानी येनको खरिददर ९.३२ र बिक्रीदर ९.३७ कायम भएको छ। १०० कोरियन ओनको खरिददर १०.२७ रुपैयाँ र बिक्रीदर १०.३१ रुपैयाँ कायम छ।