काठमाडौं । क्यापिटल म्याक्स सेक्यूरिटिज लिमिटेड ब्रोक्रर नंम्बर ६२ आज सुमुद्धघाटनको करिब एकहप्ता नपुग्दै टपटेन कारोबार ब्रोकरमध्ये छैटौ स्थानमा परेको छ। लामो रस्साकसी पछि भर्खरै नयाँ कारोबार संञ्चालनमा आएका सात ब्रोकर मध्ये र सम्रग ब्रोकर कम्पनीहरुमा आजको सेयर कारोबारको आधारमा छैटौ नंम्बरमा पर्न सफल भएको हो।
हुनेबिरुवाको चिल्लोपात भनेझै सुरुवाती चरणमै क्यापिटल म्याक्सको कारोबार र नयाँ तथा पुराना लगानीकर्ताहरुको कारोबारको सुरुवात र कार्यलयमै बाक्लो भौतिक उपस्थितीका साथै कारोबार गर्न लगानीकर्ताहरुलाई उपलब्ध गराईएको नयाँ विशेष सुबिधा र सहज वातावरणले गर्दा लगानीकर्ताहरुको उल्लेख्य बाक्लो उपस्थिती रहेको थियो।
लगानीकर्ताहरुका लागि एउटा डिस्प्लेमा लाईभ कारोबार फ्लोरसिट र अर्को डिस्पलेमा लाईभ कारोबार टेक्निकल चार्ट हेर्दै कारोबार गर्नेहरुको भिडभाड थियो । नयाँ पुराना कारोबार गर्नेहरुको जमघटपूर्ण माहोल र साथमा टेक्निकल जान्ने लगानीकर्ताहरुको आपसी छलफल सँगै खरिद बिक्रीको निर्णय साँचै लोभलाग्दो र ब्यबहारिक पनि देखिन्थ्यो।
लाईभ टेक्निकल चार्ट हेर्दै कारोबार गर्दा आफुले गरेको कारोबारको निर्णय प्रतिको आत्माबिश्वास पनि छुट्टै हुदो रहेछ । एक लगानीकर्ताले अनुभब सुनाउदै थिए। नयाँ शैली र सोचका साथ ब्रोकर ब्यबसायमा होमिएका नयाँ ब्रोकरहरुको कारोबार रणनिती र लगानीकर्तालाई दिने सेवा सुबिधा प्रती लगानीकर्ताहरुको पनि विशेष चासो र सरोकार रहेको देखिन्छ। ब्रोकर अफिसको समुद्घाटन कार्यक्रममा क्यापिटल म्याक्सका कार्यकारी प्रमुख अतितलाल श्रेष्ठले यहाँ कारोबार गर्ने लगानीकर्ताहरुलाई टेक्निकल र फन्डामेन्टल एनालाईसिस गर्ने सफ्टवेर प्याकेज उपलब्ध गराउने उद्देश्यले पनि लगानीकर्ताहरुलाई आकर्षितत गरेको देखिन्छ।
नयाँ लगानीकर्ताहरुको सेयर बजारमा प्रवेश सँगै सेयर बजारको स्वरुप र लगानीकर्ताको रणनिती पनि धेरै एड्भान्स भएको देखिन्छ। बिगतका अनुभबि लगानिकर्ता भन्दा पनि ऐले नयाँ भित्रीएका युवा लगानीकर्ताहरुको ट्रेन्ड फरक र स्मार्ट देखिन्छ जस्ले आधुनिक टेक्नोलोजिको उपयोग गर्दै टेक्निकल चार्ट को सुक्षम एनालाईसिस सँगै ट्रेन्ड अनुसारको ट्रेड गरिरहेको पाईन्छ। जुन वातावरण नयाँ ब्रोकर क्यापिटल म्याक्स ब्रोकर नंम्बर ६२ले उपलब्ध गराएको छ। त्यसकारण पनि नयाँ तथा पुराना लगानीकर्ता र टेक्निकल चार्टहेरेर कारोबार गर्ने ट्रेडरहरुको रोजाईमा क्यापिटल म्याक्स परेको देखिन्छ।