बागमती प्रदेशले भोलिेदेखि लागू हुनेगरि सार्वजनिक यातायातको भाडा घटाउने

काठमाडौं । बागमती प्रदेशले भोलि साउन ११ गतेदेखि लागू हुनेगरि सार्वजनिक यातायातको भाडा घटाउने भएको छ ।

नेपाल आयल निगमले १ साउनमा इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेपछि बागमती प्रदेशले फेरि गाडी भाडा समायोजन गर्न लागेको हो ।

मन्त्रालयको अनुसार बागमती प्रदेशमा चल्ने लामो रुटको सवारीमा २.३० प्रतिशत, मालबाहक सवारी साधन (ट्रक)मा ३.१ प्रतिशत र सिटी बसहरुमा ३.२६ प्रतिशतले भाडा घट्ने छ ।

काठमाडौं उपत्यकामा ७ किलोमिटरसम्म चढ्ने वित्तिकै सार्वजनिक यातायात (ट्याक्सी बाहेक) ले १९ रुपैयाँ भाडा लिने गरेकोमा अब १ रुपैयाँले घटेर १८ रुपैयाँ भाडा लागू हुने छ । त्यस्तै, उपत्यकामा ५ देखि १० किलोमिटर दुरीको भाडा २५ रुपैयाँ पर्नेमा भोलिबाट २४ रुपैयाँ कायम हुनेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स