सबैको लघुवित्तको लाभांशलाई कारोबारको पहिलो आधा घण्टैमा लगानीकर्ताको स्वागत

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाको लाभांशलाई लगानीकर्ताले स्वाग गरेका छन् । आज लघुवित्त संस्थाको सेयर कारोबार भएको पहिलो आधा घण्टैमै सकारात्मक सर्किट लागेर १० प्रतिशतले बढेको छ ।

मंगलबार लघुवित्तको सेयर १८९५ रुपैयाँमा करोबार भएको थियो । आज (बुधबार) १८९ रुपैयाँले बढेर २८४ रुपैयाँ पुगेको छ । मंगलबार कम्पनीको सेयर ३.८४ प्रतिशत अर्थात ७० रुपैयाँले बढेको थियो ।

वित्तीय संस्थाको असोज १९ गते ९मंगलबार० बसेको सञ्चालक समितिको ९४ औं बैठकले लाभांश घोषणा गरेको हो ।

वित्तीय संस्थाले ३२.६८ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमध्ये ३१.०५ बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि १.६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरिएको छ ।

कम्पनीको चुक्ता पुँजी २० करोड ६० लाख २७ हजार ३०० रुपैयाँ छ ।

नेपाल राष्ट्र बैंकको स्वीकृति र वित्तीय संस्थाको सञ्चालक समितिले उक्त लाभांश पारित गरेपछि सेयरधनीलाई वितरण गरिनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स