बीमा व्यवसायमा झिनो सुधार, २९ कम्पनीले गरे १ खर्ब ८२ अर्ब रुपैयाँको व्यवसाय, कस्को कति ?

काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनी दुबैको व्यवसाय खुम्चिएको छ । जीवन र निर्जीवन गरी गत आवमा २९ वटा बीमा कम्पनीहरूले १ खर्ब ८२ अर्ब ८८ करोड २७ लाख रुपैयाँको बीमा व्यवसाय गरेका छन् ।

अघिल्लो आर्थिक वर्षको भन्दा बीमा कम्पनीहरूले थोरै ( २.८५प्रतिशत)मात्रे बीमा व्यवसाय गर्न सकेका छन् । देशनै आर्थिक मन्दीमा फसेको बेला बीमा कम्पनीहरूले राम्रै व्यवसाय गरेको नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांकमा उल्लेख गरिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा बीमा कम्पनीहरूले कुल १ खर्ब ७७ अर्ब ८१ करोड रुपैयाँको बीमा व्यवसाय गरेका थिए । सो व्यवसायमध्ये निर्जीवन बीमा कम्पनीको व्यवसाय ३९ अर्ब १६ करोड ९९ लाख हो भने जीवन बीमा कम्पनीको व्यवसाय १ खर्ब ३८ अर्ब ६४ करोड रुपैयाँ हो ।

गत आवमा कुल १ अर्ब ४२ अर्ब ३० करोड ७४ लाख रुपैयाँ व्यवसाय गर्दा निर्जीवन बीमा कम्पनीहरूले ४० अर्ब ५७ करोड ५२ लाख रुपैयाँको बीमा व्यवसाय गरेका छन् ।

जीवन बीमा कम्पनीहरूले भने ३१ अर्ब २० करोड रुपैयाँ नयाँ बीमा शुल्क आर्जन गरेका छन् । जीवन बीमा कम्पनीलहरूले नयाँ पोलिसी इस्यू गरेर ३१ अर्ब २० करोडको बीमा व्यवसाय गर्दा निर्जीवन बीमा कम्पनीहरूले भने ४० अर्ब ५७ करोड रुपैयाँको बीमा व्यवसाय गरेका छन् । गत आवमा १४ वटा निर्जीवन बीमा कम्पनीहरूले २८ लाख १६ हजार २२४ वटा बीमालेख जारी गरेका हुन् ।

निर्जीवन बीमा कम्पनीमा अगाडि शिखर

निर्जीवन बीमा कम्पनीतर्फ सबैभन्दा बढी व्यवसाय सदाको झै शिखर इन्स्यारेन्सले गरेको छ । कम्पनीले गत आवमामात्रै २ लाख ९८ हजार ६६ वटा बीमा लेख जारी गरेर ५ अर्ब ५२ करोड २१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्सको व्यवसायमा भने कडा प्रतिस्पर्धा देखिएको छ । सगरमाथाले इन्स्योरेन्सले ४ अर्ब ५५ करोड २३ लाखको व्यवसाय गर्दा सिद्धार्थ इन्स्योरेन्सले ४ अर्ब ५१ करोड ६६ लाख रुपैयाँको व्यवसाय गरेको छ ।

गत आवमा ३ अर्बभन्दा माथि व्यवसाय गर्ने कम्पनीहरूमा युनाइटेड अजोड इन्स्यारेन्स, आईजीआई प्रूडेन्सियल र हिमालयन एभरेष्ट रहेका छन् । यी कम्पनीहरूले क्रमशः ३ अर्ब ४२ करोड ७३ लाख, ३ अर्ब ३९ करोड र ३ अर्ब ३५ करोड ३९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

२ अर्बभन्दा माथि बीमा व्यवसाय गर्ने कम्पनीहरूमा राष्ट्रिय बीमा कम्पनी, नेको इन्स्योरेन्स, एनएलजी, सानिमा जीआईसी रहेका छन् । अन्य कम्पनीको व्यवसायभ नै अर्बको हाराहारीमा रहेको छ ।

गत आवमा नेको इन्स्योरेन्सले २ अर्ब ९२ करोड २४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने सानिमा जीआईसीले २ अर्ब ४० करोड ५४ लाख, राष्ट्रिय बीमा कम्पनीले २ अर्ब ३७ लाख २३ हजार रुपैयाँ बीमा व्यवसाय गरेको छ ।

नेशलन इन्स्योरेन्सको व्यवसाय सबैभन्दा कम व्यवसाय गरेको छ । कम्पनीले १ अर्ब १ करोड ८३ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । दि ओरिएन्टलले १ अर्ब ५२ करोड ५० लाख, प्रभु इन्स्योरेन्सले १ अर्ब ६५ करोड ८७ लाख, नेपाल इन्स्योरेन्सले १ लाख ८१ हजार ३२९ वटा बीमा लेख जारी गरेर १ अर्ब ५८ करोड ५८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

नेपाल लाइफ एक्लैले गर्यो ३७ अर्बभन्दा बढीको व्यवसाय
गत आवमा १ अर्ब ४२ अर्ब ३० करोड ७४ लाख रुपैयाँ व्यवसाय गरेका छन् । जीवन बीमा कम्पनीहरूले गत आवमा एकल बीमा व्यवसायबाट ४ अर्ब ३८ करोड ४६ लाख रुपैयाँको बीमा व्यवसाय गरेका छन् भने प्रथम बीमा शुल्कबाट २६ अर्ब ८१ करोड ५३ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका छन् । कम्पनीहरूले नवीकरण शुल्कबाट १ खर्ब ११ अर्ब १० करोड ७४ लाख रुपैयाँ उठाएका छन् ।

१५ वटा बीमा कम्पनीहरूले सो सो व्यवसाय गर्दा नेपाल लाइफ एक्लैको व्यवसाय ३७ अर्ब १६ करोड ६९ लाख रुपैयाँ रहेको छ । कम्पनीले प्रथम बीमा शुल्कबाट ५ अर्ब ४६ करोड ९३ लाख रुपैयाँको व्यवसाय गरेको छ भने एकल बीमा पोलिसीबाट १ अर्ब १० करोड १८ लाख, नयाँ बीमा शुल्कबाट ६ अर्ब ५७ करोड ११ लाख र नवीकरण शुल्कवापत ३० अर्ब ५९ करोड ५७ लाख रुपैयाँ संकलन गरेको छ ।

बढी बीमा शुल्क आर्जन गर्ने दोस्रो कम्पनीमा परेको लाइफ इन्स्योरेन्स कम्पनीले गत आवमा कुल १७ अर्ब ४६ करोड १४लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

नेशनल लाइफ इन्स्योरेन्सले १६ अर्ब ४१ करोड ६९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले गएको आर्थिक वर्षमा २ अर्ब ७६ करोड २९ लाख रुपैयाँ प्रथम बीमा शुल्क, १ अर्ब ११ करोड ४३ करोड रुपैयाँ एकल बीमा शुल्क, ३ अर्ब ८७ करोड ७२ लाख नयाँ बीमा शुल्क र १२ अर्ब ५३ करोड ९६ लाख नवीकरण शुल्क आर्जन गरेको हो ।

त्यसैगरी हिमालय लाइफ इन्स्योरेन्सले १४ अर्ब ९४ करोड ३६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले आर्जन गरको बीमा शुल्कमध्ये १ अर्ब ९९ करोड ७९ लाख रुपैयाँ प्रथम बीमा शुल्क हो भने २९ करोड ४३ लाख एकल बीमा शुल्क, २ अर्ब २९ करोड ३३ लाख नयाँ बीमा शुल्क र १२ अर्ब ६५ करोड २ लाख नवीकरण शुल्क हो ।

यो अवधिमा राष्ट्रिय बीमा संस्थानले ८ अर्ब ३० करोड ९८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने मेट लाइफले ५ अर्ब २६ करोड २२ लाख, एशियन लाइलले ७ अर्ब १ करोड ४६ लाख, आईएमईले ४ अर्ब १८ करोड ६३ लाख, सन नेपाल लाइफले ३ अर्ब ७५ करोढ ५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

त्यसैगरी रिलायबल लाइफले ३ अर्ब ७९ करोड ४९लाख, सिटिजन लाइफले ५ अर्ब ८९ करोड ४५ लाख, प्रभु लाइफले २ अर्ब ५ करोड १९ लाख, महालक्ष्मी लाइफले १ अर्ब ६९ करोड ४६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । प्रभु र महालक्ष्मी लाइफ इन्स्योरेन्स भने अहिले एक आपसमा मर्ज भइसकेका छन् ।

सूर्यज्योति लाइफले ८ अर्ब ८१ करोड २७ लाखको व्यवसाय गर्दा सानिमा रिलायन्स लाइफले ५ अर्ब ६३ करोड ६० लाख रुपैयाँको बीमा व्यवसाय गरेका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स