अप्ठ्यारो अवस्था नआएसम्म ब्याजदरमा अब बैंकहरूले सहमति गर्दैनन्ः सुनिल केसी

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले अप्ठ्यारो अवस्था नपरेसम्म अब ब्याजदर निर्धारण सहमतिमा नहुने बताएका छन् । सोमबार बैंकर्स संघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केसीले बैंकको ब्याजदर घट्दो क्रममा रहेकोले अब अप्ठ्यारो परिस्थिति नआएसम्म बैंकहरू आफैले ब्याजदर निर्धारण गर्नेछन् ।

‘बैंक तथा वित्तीय संस्थाले ब्याजदर घट्दो क्रममा रहेको छ,’ अध्यक्ष केसीले भने, ‘तरलता सहज भएकोले अब ब्याजदर घट्छ,’ एनएमबि बैंकका सीईओ समेत रहेका केसीले भने ‘कुनै असामान्य अवस्था नआएसम्म अब बैंकको ब्याजदर क्रमशः घट्दै नै जाने हो ।’

बैंकहरूमा लगानीयोग्य पुँजी बढेको कारण ब्याजदरमा भद्र सहमति साउन महिनादेखि बैंकहरू आफैले निर्धारण गर्न सहमति भएको उनले बताए । ‘ग्राहकको इच्छाअनुसार आफ्नो रोजेको बैंकमा जान सक्छन् । समग्र अर्थतन्त्रको सहजताका लागि सहमति तोडिएको हो,’ उनले भने ।

‘सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत बसेर ब्याजदरमा रहेको भद्र सहमति हटाउने निर्णय गरेका हौं, त्यसैले यो सहमति सजिलै भंग हुँदैन’ ’तर, असामान्य अवस्थाहरूमा भने त्यही समयको अवस्था हेरेर निर्णय गर्छौ ।’

भद्र सहमति तोडिएसँगै एक वर्षे मुद्दती निक्षेपको औसत ब्याजदर ०.६० प्रतिशत बिन्दु र सामान्य बचतको ब्याजदर ०.१४ प्रतिशत बिन्दुले घटेको छ ।

एनएमबी बैंकका सीईओ समेत रहेका केसीले चालु आर्थिक वर्षमा ६÷७ सय अर्ब रुपैयाँ कर्जा विस्तार गर्ने लक्ष्य राखेको भएपनि चुनौती कायम रहेको बताए । उनका अनुसार राष्ट्र बैंकले साढे ११ प्रतिशतको कर्जा विस्तारको लक्ष्य राख्दा उत्पादनमूलक र उत्पादनमूखी अर्थतन्त्रमा जोड दिन चाहेको हो ।

‘राष्ट्र बैंकको मौद्रिक नीतिले वास्तविक अर्थतन्त्रलाई सपोर्ट हुने गरी बैंकिङलाई विजनेश गर्न सहज हुनेछ । सेयर कर्जा, घरकर्जा र अटोकर्जामा सहुलियत दिँदा अन्य क्षेत्र निर्माण, सिमेन्ट लगायत क्षेत्रलाई समेत सजिलो हुनेछ,’ अध्यक्ष केसीले भने, ‘अन्तर बैंकदर ह्वात्तै घटेर ०.५ प्रतिशतमा झर्ने र ह्वात्तै बढेर ९ प्रतिशत पुग्ने अस्थिरतालाई अब स्थिरता कायम हुनेछ ।’

उनका अनुसार गत पुसमा साढे १३ प्रतिशत बैंकहरुको औसत कर्जाको दर रहेकोमा जेठमा घटेर १२.५३ प्रतिशतमा सीमित भएको छ । साथै, जेठमा बैंकहरुको औसत आधार दर १०.९१ प्रतिशतमा झरेको छ । ४ प्रतिशतमा स्प्रेडदर घट्दा ब्याजदर कम हुँदै जाने अध्यक्ष केसीले बताए ।

कार्यक्रममा संघका उपाध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स