काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको लाभांश घोषणा भएको छ । वित्तीय संस्थाको असोज १९ गते (मंगलबार) बसेको सञ्चालक समितिको १४२ औं बैठकले लाभांश घोषणा गरेको हो ।
वित्तीय संस्थाले २८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो ।
नेपाल राष्ट्र बैंकको स्वीकृति र वित्तीय संस्थाको सञ्चालक समितिले उक्त लाभांश पारित गरेपछि सेयरधनीलाई वितरण गरिनेछ ।