सबैको लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाको लाभांश घोषणा भएको छ । वित्तीय संस्थाको असोज १९ गते (मंगलबार) बसेको सञ्चालक समितिको ९४ औं बैठकले लाभांश घोषणा गरेको हो ।

वित्तीय संस्थाले ३२.६८ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमध्ये ३१.०५ बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि १.६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरिएको छ ।

नेपाल राष्ट्र बैंकको स्वीकृति र वित्तीय संस्थाको सञ्चालक समितिले उक्त लाभांश पारित गरेपछि सेयरधनीलाई वितरण गरिनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स