सार्वजनिक ऋणः २ खर्ब २२ अर्ब ७४ करोड रुपैयाँ त सावा ब्याजै तिर्यो सरकारले

काठमाडौं । गत आर्थिक वर्ष २०८९/८० मा सरकारले लिएको सार्वजनिक (आन्तरिक तथा बाह्य ) ऋणको लागि २ खर्ब २२ अर्ब ७४ करोड रुपैयाँ सावा र ब्याज भुक्तानी गरेको छ । सो भुक्तान गरेको रकममध्ये ७३ अर्ब रुपैयाँ ब्याज हो भने बाँकी १ अर्ब ४९ अर्ब ७३ करोड रुपैयाँ सावा भुक्तानी गरेको भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमा प्रमुख भूमिराम शर्माले जानकारी दिए ।

‘गत आवमा सार्वजनिक ऋणको सावा र ब्याजको लागि सो रकम भुक्तान गरिएको हो,’ उनले भने ‘सरकारले लिएको आन्तरिक र बाह्य गरी २२ खर्ब नाघिसक्यो ।’ सरकारले गत आवको अन्त्यसम्म ११ खर्ब २५ अर्ब १७ करोड आन्तरिक ऋण दिएको छ भने बाँकी द्वीपक्षीय तथा बहुपक्षीय दातृ निकाय तथा राष्ट्रसँग लिएको ऋण हो ।

कार्यायल प्रमुख शर्माका अनुसार सरकारले गत आवमा ट्रेजरी बिलमार्फत उठाएको ऋणको ५० अर्ब ३२ करोड ५६ लाख लाख रुपैयाँ सावा भुक्तान गरेको छ भने विकास ऋणपत्रको सावा ६४ अर्ब भुक्तान गरेको छ । राष्ट्रिय बचत पत्रको सावा भुक्तान गर्न सरकारले गत आवमा ७९ करोड रुपैयाँ खर्चिएको छ ।

सरकारले गत आवमा ३४ अर्ब ६२ करोड रुपैयाँ बाह्य ऋण भुक्तान गरेको छ ।

त्यसैगरी सरकारले ट्रेजरी बिलमार्फत उठाएको ऋणको ब्याजमात्रै २७ अर्ब ७५ करोड रुपैयाँ भुक्तान गरेको छ । विकास ऋणपत्रको ब्याजको लागि ३७ अर्ब ८५ करोड खर्चिएको सरकारले राष्ट्रिय बचत पत्रपत्र ८९ करोड रुपैयाँ ब्याज तिरेको छ । विभिन्न एजेन्टलाई ११ करोड ३५ लाख रुपैयाँ कमिशन पनि सरकारले भुक्तान गरेको छ ।

समीक्षा अवधिमा बाह्य ऋणको ब्याज भुक्तानीमा ८ अर्ब ४० करोड रुपैयाँ खर्च भएको छ ।

सरकारले चालु आवको बजेटमार्फत प्रतिफल आउने आयोजनामा मात्रै ऋण परिचालन गर्ने घोषणा गरेको छ । सरकारले कर्मचारीको तलबदेखि सरकारी बेतनधारीको गाडी सञ्चालन तथा मर्मतमा समेत ऋणको रकम परिचालन गर्ने भएको छ । सेवा तथा परामर्श लिन, अनुगमन र भ्रमण गर्न, गोष्ठी, तालिमलगायत कार्यक्रम गर्न एवम् सामाजिक सुरक्षा वितरणमा समेत ऋण रकम परिचालन गर्ने बजेटमा उल्लेख छ ।

सरकारले त्यसो भने पनि चालु आवको बजेटका अनुसूचीमा भने चालुतर्फ समेत ऋण रकम परिचालन गरिने उल्लेख छ । सरकारले आगामी आर्थिक वर्षमा उठाउने ३८ अर्ब रुपैयाँ ऋण चालु खर्चतर्फ परिचालन गरिने भएको छ । कुल ऋणमध्ये चालुतर्फ ३८ अर्ब ३८ करोड र पुँजीगततर्फ एक खर्ब १७ अर्ब खर्च गरिने सरकारी अनुमान छ ।

सरकारले चालु आवमा २ खर्ब ४० अर्ब आन्तकिर ऋण उठाउने बजेटमा उल्लेख गरिएको छ भने वैदेशिक ऋणबाट २ खर्ब १२ अर्ब ७५ करोड ऋण लिने भएको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स