राष्ट्र बैंकले मौद्रिक नीति आज दिउँसो ३ बजे सार्वजनिक गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति आज दिउँसो सार्वजनिक गर्ने तयारी गरेको छ। राष्ट्र बैंकले मौद्रिक नीति आज दिउँसो ३ बजे सार्वजनिक गर्ने तयारी गरेको हो ।

राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले मौद्रिक नीति पारित भएलगत्तै वेबसाइटमार्फत सार्वजनिक गरिने जानकारी दिए । मौद्रिक नीतिको ब्रिफिङका लागि भने दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्ने तयारी भइरहेको उनले बताए ।

‘मौद्रिक नीति पारित गर्न राष्ट्र बैंक बालुवाटारमा आइतबार बिहान साढे ८ बजेदेखि सञ्चालक समितिको बैठक चलिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स