काठमाडौं। आज विदेश मुद्राको विनिमय दर स्थिर रहेको छ । डलर, पाउन्ड लगायत मुद्राको भाउ स्थिर रहेको हो । नेपाल राष्ट्र बैंकका अनुसार आइतबार एक अमेरिकी डलरको खरिद दर १३०.८२ रुपैयाँ र बिक्री दर १३१.४२ रुपैयाँ कायम भएको छ । शनिबार पनि एक डलरको मूल्य जति थियो आज पनि त्यति नै मूल्य तोकिएको हो ।
हिजो जस्तै आज पनि एक युरोपियन युरोको खरिद दर १३०.८२ रुपैयाँ र बिक्री दर १३१.४२ रुपैयाँ कायम भएको छ । युरोपियन युरोको भाउ पनि घटेको छ । शनिवार १ युरोको खरिददर १४५.५४ र बिक्रीदर १४७.३० रुपैयाँ भएको छ ।
आज आइतबार बेलायती पाउण्ड स्टर्लिङको आज पनि खरिददर १६८.०३ र बिक्रीदर १६८.८० कायम भएको छ । शनिबार एक बेलायती पाउण्ड स्टर्लिङको खरिददर १६८.०३ र बिक्रीदर १६८.८० कायम भएको छ ।