काठमाडौं । राष्ट्र बैंकले भोलि आइतबार मौद्रिक नीति ल्याउने भएको छ । आर्थिक वर्ष २०८०÷०८१ को मौद्रिक नीतिको ड्राफ राष्ट्र बैंक बोर्ड बैठकले पास गरेपछि भोलि दिउँसो सार्वजनिक गर्ने तयारी राष्ट्र बैंकले गरेको छ । राष्ट्र बैंकको उच्च व्यवस्थापनले भने चालु आवको मौद्रिक नीतिको ड्राफ पास गरिसकेको छ । मौद्रिक नीतिका विषयमा छलफल गर्न राष्ट्र बैंकले भोलि बिहान ८ बजे राष्ट्र बैंकको बोर्ड बैठक बोलाएको छ ।
राष्ट्र बैंकले अर्थतन्त्रलाई चलायमान बनाउन नीतिगत ब्याजदर घटाउनेदेखि कर्जाको जोखिम भारसम्म घटाउने भएको छ । गत आथिक वर्षमा मौद्रिक नीतिको तेस्रो समीक्षामार्फत राष्ट्र बैंकले निर्धारण गर्ने नीतिगत ब्याजदर, बैंक दर घटाउनेदेखि घरजग्गाको लोन टू भ्यालू बढाउनेदेखि जोखिम भार घटाएर मौद्रिक नीति ल्याउने तयारी राष्ट्र बैंकले गरेको हो ।
राष्ट्र बैंक तथा वित्तीय संस्थाहरुमार्फत गइरहेको सेयर धितो ऋणलाई हटाएर ब्रोकरमार्फत मात्र लागू गर्ने नीति लिने ब्रोकरहरुको बुझाइ छ। राष्ट्र बैंकले सेयर धितोकर्जामा लगाएको सीमा बढाउने भएको छ । बजारमा जब जब तरलता सहज हुन्छ राष्ट्र बैंकले सेयरधितो कर्जा र घरजग्गा तथा सवारी साधन कर्जामा समेत खुकुलो बनाउने भएको छ ।
सोही अभ्यास अनुरुप अहिले वित्तीय बजारमा तरलता सहज भएपनि यसको जस अपजन आफूले नबोक्ने गरी राष्ट्र बैंकले सेयर धितोमा बैंकबाट कर्जा दिने भन्दा पनि ब्रोकरबाट कर्जा सम्बन्धी कारोबार गराउन लगाउने राष्ट्र बैंकले नीति लिने बुझिएको छ । आर्थिक मन्दीको अवस्थामा रहेको अर्थतन्त्रलाई चलायमान गराउन मौद्रिक नीतिले सेयर बजार तथा रियलस्टेटलाई केहि खुकुलो बनाउने भएको छ ।
‘राष्ट्र बैंक उच्च स्रोतका अनुसार राष्ट्र बैंक अनुसन्धान विभागले तयार पारेको र उच्च व्यवस्थापनले पास गरेको मौद्रिक नीतिमा छलफल गरि संशोधन गर्नुपर्ने विषयमा छलफल गरी भरसक भोलिनै मौद्रिक नीति सार्वजनिक गरिन्छ ।
‘यदि देशको अर्थव्यवस्था र मौद्रिक नीतिको कार्यदिशा फरक परेर सञ्चालकबीच सहमति जुट्न सकेन भनेमात्रै छदफल लामो हुनेहो । नत्र साढे २ देखि ३ घण्टामा छलफल सकिन्छ । बैठकले संशोधन गरेका विषयलाई समायोजन गरेपछि तत्काल मौद्रिक नीति सार्वजनिक हुन्छ ।
मौद्रिक नीतिका सम्बन्धमा कसैले खृकुलो मौद्रिक नीति ल्याउनु पर्ने भनिरहेका छन् भने कसैले कसिलो मौद्रिक नीति ल्याउनु पर्ने भनि लविङ गरिरहेका छन् । उद्यमी व्यवसायीले मध्यममार्गी मौद्रिक नीति आवश्यक भएको बताएको छ भने आईएमएफलगायतका संस्थाले अझै कसिलो नीति ल्याउनु पर्ने दवाव राष्ट्र बैंकलाई दिइरहेको छ ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर कसिलो मौद्रिक नीति ल्याउनु पर्नेमा दवाव दिएको बुझिएको छ । हिजो श्क्रबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालसँगको भेटमा पनि आईएमएफले कसिलो मौद्रिक नीति ल्याउनु पर्नेमा जोड दिएको थियो ।