रत्न तथा आभूषण व्यवसायको प्रवर्द्धनका लागि सरकार सदैव सकारात्मक छ:मन्त्री रिजाल

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले रत्न तथा आभूषण व्यवसायको प्रवर्द्धनका लागि सरकार सदैव सकारात्मक रहेको बताएका छन् ।

शुक्रबार नेपाल रत्न तथा आभूषण संघको १८ औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री रिजालले रत्न तथा आभुषण व्यवसायलाई प्रवर्द्धन गर्नको लागि सरकारले सदैव सकारात्मक भुमिका खेल्ने विश्वास दिलाएका हुन् ।

नेपाली समाजमा रत्न तथा पत्थर जडित सुनचाँदीका कलात्मक गरगहना बनाउने परम्परा रहि आएको उल्लेख गर्नुहुदै मन्त्री रिजालले नेपालको विविध सांस्कृतिक पर्व, जातीय भेषभूषा र मठमन्दिरमा यस्ता आभूषणको प्रयोग हुँदै आइरहेको बताए ।

यस्ता कलात्मक आभूषणको खरिद विक्रि विश्व बजारमा समेत हुने गरेको उल्लेख गर्नु हुदै मन्त्री रिजालले नेपालको कला, सँस्कृति र परम्परालाई विश्व सामु चिनाउनुका साथै विदेशी मुद्रा आर्जनमा समेत महत्वपूर्ण योगदान पुर्याएको बताए ।

मुलुकमा रोजगारी सिर्जना, आयात प्रतिस्थापन, निकासी अभिवृद्धि गरी राजस्वमा योगदान पुर्याउँदै आइरहेकोमा व्यवसायी तथा नेपाल रत्न तथा आभुषण संघ प्रति मन्त्री रिजालले धन्यवाद व्यक्त गरे ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स