भादगाँउ । चाँगुनारायण नगरपालिका-७ बागेश्वरीको पगरी टोलमा एक सय ६७ वर्ष पुरानो शिलालेख फेला परेको छ । सडक स्तरोन्नतिका लागि स्थानीय जनक लामिछानेको जग्गा सम्याउने क्रममा बाँसको झ्याङमुनि कोलसहितको शिलालेख फेला परेको हो ।
करिब सात फिट लम्बाइको शिलालेखको ढुंगा प्राचीन ढुंगे कोल भएको स्थानीय हरिसुन्दर छुंकाले बताए । सो स्थानमा कोलमा राखिने गोलो ढुंगासमेत फेला परेको छ । उक्त ढुंगा तीन किलोभन्दा बढी रहेको छुंकाले जानकारी दिए ।
पगरी टोलमा फेला परेको शिलालेख, गोलो ढुंगाका साथै ऐतिहासिक चट्टान अभिलेख र चित्रको अध्ययन अनुसन्धान गरी संरक्षण गर्ने नगर प्रमुख जीवन खत्रीले बताए ।