भोलि काठमाडौं र ललितपुरका यी स्थानमा विद्युत आपूर्ति ८ घन्टासम्म बन्द हुने (सूची सहित)

काठमाडौं । साउन ६ गते (शनिबार) काठमाडौं र ललितपुरका केही स्थानमा विद्युत आपूर्ति बन्द हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले आज एक सूचना प्रकाशित गरी भोलि काठमाण्डौ र ललितपुरका केही स्थानमा ८ घन्टासम्म विद्युत आपूर्ति बन्द हुने जनाएको हो ।

प्राधिकरणका अनुसार लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा विद्यमान टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने काम भइरहेकोले शनिबार बिहान साढे ८ बजेदेखि अपराह्न साढे ४ बजेसम्म विद्युत आपूर्ति सेवा प्रभावित हुने जानकारी गराएको हो। प्रथम चरणको सबस्टेसन निर्माण कार्य सम्पन्न गर्न टेकू सबस्टेसनको विद्यमान इनकमर–१ प्यानल तथा दुईमध्ये एउटा पावर ट्रान्सफर्मर बन्द गर्नुपर्ने भएकाले टेकु सबस्टेसनबाट आपूर्ति भइरहेको विभिन्न फिडरमा विद्युत सेवा प्रभावित हुने सूचनामा उल्लेख छ।

सो समयमा वैकल्पिक व्यवस्थाबाट विद्युत आपूर्ति कम प्रभावित हुनेगरी सबै फिडरमा नियमित विद्युत आपूर्ति गर्ने प्रयास गरिनेछ र निर्धारित समयअघि कार्य सम्पन्न भएमा लाइन सुचारु गरिने प्राधिकरणले उल्लेख गरेको छ।

यस्तो छ सूची :

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स