सरकारले गर्यो १३ सचिवको सरुवा, को कहाँ ?

काठमाडौं। सरकारले एकै पटक १३ सचिवको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सरुवा र पदस्थापनको निर्णय गरेको हो ।

जसअनुसार, कर्णाली प्रदेशका प्रमुख सचिव डा. गोपी खनाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पठाइएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुसुदन बुर्लाकोटीलाई उपराष्ट्रपति कार्यालय पठाइएको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयमा दामोदर रेग्मी, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा गोकर्णमणि दुवाडी र पर्यटन मन्त्रालयमा भरतमणि सुवेदीलाई पठाइएको छ।

मुकुन्द निरौलालाई उद्योग मन्त्रालय, सुरेश अधिकारीलाई शिक्षा मन्त्रालय, रामकृष्ण सुवेदीलाई प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको छ।

युवा तथा खेलकुदमा रविलाल पन्थ, निर्वाचन आयोगमा सूर्य गौतम, केन्द्रीय तथ्यांक कार्यालयमा तोयम रायलाई पठाइएको छ।

हालै सचिवमा बढुवा भएका घनश्याम उपाध्यायलाई वाग्मती प्रदेश र लक्ष्मी बस्नेतलाई गण्डकी प्रदेशको प्रमुख सचिवको जिम्मेवारी दिइएको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स